Breaking News

सुर्खेतमा इनार सफा गर्ने क्रममा निसासिएर दुई जनाको मृत्यु

३ असार, सुर्खेत । वीरेन्द्रनगरको सुर्खेतमा आज दिउसो इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–११, पिपिरामा इनार सफा गर्ने क्रममा निसासिएर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

मृत्यु हुनेमा वीरेन्द्रनगर ११ पिपिराका ३२ वर्षीय विद्याप्रसाद रेग्मी र सोही ठाउँका ३१ वर्षीया लक्ष्मी कँडेल रहेको जिल्ला प्रहरी कार्यालयका सुर्खेतले बताएको छ ।

सोही ठाउँका तोरण विकको इनार सफा गर्न गएका थिए । सफा गर्दा अक्सिजनको अभाव हुँदा बेहोस भएका उनीहरूको कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी स्रोतले बतायो ।