Breaking News

बालकुमारीमा ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु

३ असार, काठमाडौं । ललितपुरको बालकुमारीमा ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गर्दा सोही दिशामा रहेको स्कुटरलाई साँझपख ट्रकले ठक्कर दिएको थियो ।

प्रदेश ०२–३–००१० ख ५३५७ नम्बरको ट्रकले बा ८३ प ८१७८ नम्बरको स्कुटरलाई ठक्कर दिंदा सिन्धुली तीनपाटन गाउँपालिका घर भई भक्तपुर सूर्यविनायक बस्ने ३५ वर्षे रमेशकुमार पाण्डेको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका पाण्डेको उपचारको क्रममा बी एण्ड बी अस्पतालमा मृत्यु भएको ललितपुरले जानकारी दिएको छ ।