जलजला दह दम्पती हत्या घटनामा शंका लागेका दुई जना प्रहरी नियन्तणमा, सोधपुछ जारी

२१ चैत २०८०,पर्वत, जलजला, दह । पर्वतको जलजला गाउँपालिका-२ मल्लाजको दहमा अस्ति राती सोमबार भएको विभस्त एक दम्पती हत्यामा शंकास्पत देखिएपछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

मल्लाजको दहमा एक्लो घरमा ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी श्रीमति ६७ वर्षीया गमला जिसी मात्र बस्दै आएका थिए । तर एकाएक दम्पत्तिको अस्ति राती सोमबार बर्बर कूरताले लाठीले हानीहानी हत्या गरिएको घटनामा शंका लागेकाले हिजो राती नै दुई जनालाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) विकासराज खनालले कदरन्यूजडटकमलाई बताएका छन् ।

डीआईजी खनालका अनुसार सोधपुछ धेरैलाई गरियो । तर, दुई जना अलि बढी शंकास्पत देखिएपछि नियन्त्रणमा लिएर थप अनुसन्धान हुँदै गरेको बताए । अहिले नै उनीहरुको भूमिका के हो भन्ने खुलिसकेको छैन,’ डीआईजी खनालले भने । नियन्त्रणमा रहेकाहरुको संलग्नताबारे अहिले नै पुष्टि भइनसकेकाले प्रहरीले उनीहरुको विवरण भने गोप्य राखेर अनुसन्धान गरिरहेको छ ।

डीआईजी खनालको टोली हिजो मंगलबार नै पोखराबाट घटनास्थल पुगेको थियो । डीआईजी खनालका अनुसार घटना भएको घर एकान्त ठाउँमा भएकाले वरपरका कसैले पनि केही थाहा नपाएको बताए ।

त्यस्तै मंगलबार नै घटना अनुसन्धानका लागि गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट कुकुरसहितको टोली, डाक्टरको टोली र प्राविधिक टोली परिचालन गरिएको छ । अहिले प्राविधक र म्यानुअल दुवैतर्फबाट अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख तथा डीएसपी खुमलाल भुसालले बताए ।

घटनास्थल पवर्त र म्याग्दीको सीमा क्षेत्र नजिक गलेश्वोर पारी रहेको छ । घटनास्थल जिल्ला पर्वतबाट भन्दा पनि जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट नजिक रहेकाले प्रहरीले जिप्रका म्याग्दीलाई बेस बनाएर अनुसन्धान अघि बढाइएको छ ।

सोमबार राति साढे ८ बजे जिसीले घर नजिकै खरबारीमा आगलागी भएको बारे आफूलाई जानकारी गराएको र आफूले सचेत रहनु र आगो नियन्त्रणका लागि सबैलाई खबर गर्छु भनेर कुराकानी भए पनि बिहान एकाएक जिसी दम्पतीको हत्या भएको घटना सुन्दा छायाँबाट खसेजस्तै भएको जलजला-२ का वडा अध्यक्ष प्रकाश जिसि ले बताए । मृतक जिसी दम्पत्तिले राती ९ बजेसम्म आफन्तसँग फोनमा कुराकानी गरेको समेत देखिएको छ । तर, भोलिपल्ट बिहान जिसी दम्पतीका छोराले म्याग्दीबाट फोन गरेका थिए । तर, फोन उठेन । जिसी दम्पतीका एक छोरा म्याग्दीमा फेन्सी पसल सञ्चालन गर्छन् भने दुई छोराहरु कोरियामा छन् । कोरियाबाट समेत फोन गर्दा फोन नउठेपछि छिमेकीलाई खबर गरिएको थियो ।

छिमेकीहरु गएर हेर्दा बाहिर बाट चाबी लगाएकोअवस्थामा देखेपछि बेनिमा रहेका जेठो छोरा रविन लाई खबर गरे पछि घरमा पुगेर पसल तिरको ढोका खोलि हेर्दा दुवै बाबा आमा रगतमा लडेको अवस्थामा मृत फेला परेपछि प्रहरीलाई खबर आएको डीएसपी भुसालले बताए । शरीररमा चोट र निलडाम पनिछन् । जसकारण लाठ्ठीले हान्नेदेखि धारिलो हतियार प्रहार गरेर हत्या गरेको देखिन्छ,’ डीएसपी भुसाल भन्छन् ।

दम्पतीले घरमै सानो किराना पसल पनि सञ्चालन गर्दै आएका थिए । किराना पसलमा भित्रबाट चुकुल लगाएको अवस्थामा बन्द थियो । तर दम्पती सुतेको कोठामा भने बाहिरबाट चाबी लगाइएको थियो ।

हत्या गरिएका दम्पत्तिको शवलाई हिजो मंगलबार नै जाँच मुचुल्का गरेर शव पोस्टमार्टमका लागि म्याग्दी अस्पतालमा पठाइएको थियो । कोरियाबाट दुबै छोरा भोलिसम्म नेपाल आईपग्ने र त्यसपछि पोस्टमार्टम गरिने परिवारका आफन्तले कदरन्यूजलाई जानकारी दिएका छन ।