बैशाख १५ गते हुने इलाम २ प्रतिनिधिसभा र बझाङ (क) को १ मा हुने उपनिर्वाचनमा अरु सबै दलले उम्मेदवार छनौटगरी प्रचारप्रसारमा गइसकेको बेला प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आजको बैष्ठकमा इलाम-२ मा डम्बरबहादुर खड्कार बझाङ-१ को प्रदेश सभा १ को उपनिर्वाचनका लागि अभिषेक सिंहलाई उम्मेदवार प्रस्ताव गरेका छन्।
सभापति देउवा निवास बूढानीलकण्ठमा आज बसेको संसदीय बोर्ड बैठकमा सभापति देउवाले यी दुई जनाको नाम प्रस्ताव गरेका हुन्।
तर महामन्त्री गगन थापा लगायतले इलाम २ मा भेषराज आचार्यलाई उम्मेदवार बनाउनुपर्ने अडान राखेका छन्।