दम्पत्ति हत्या पिडित परिवारलाई भेट्न कानुन मन्त्री गिरी घटनास्थल मल्लाजको दहमा पुगे

२१ चैत, पर्वत । पर्वत जिल्लाको जलजला गाउँपालिका वडा न २ दहमा अस्ति राति भएको विभस्त दम्पत्ति हत्या घटना बारे बुझ्न र पिडित परिवारलाई भेट्न मल्लाज दहमा पुगेका छन् संघीय कानून मन्त्री पदम गिरी । हत्याबाट मृत्यु भएका जिसी दम्पत्तिको परिवारलार्इ सान्त्वना र घटनाको बारेमा जानकार लिन दिउँसो आज कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले पिडित परिवार र समाजबाट भेटघाट गरेका छन् ।

No description available.

घटनास्थल दहमा पुगेका गिरीले परिवारका सदस्यहरुलाई भेट्नु साथै हटनामा संलग्नलाई छिटोभन्दा छिटो पत्ता लगाएर पक्रिने आश्वासन समेत दिलाएका छन् । तर घटना घटेको २ दिनसम्म पनि प्रहरीले मुख्य योजनाकार र हत्यारा पक्रन सकेको छ्रैन ।

परिवारसंगको भेटमा कानुन मन्त्री गिरीले हत्यारा छिट्टै पक्राउ पर्ने बताए । हत्या जस्तो जघन्य अपराधमा संग्लन्न जो सुकैलाई पनि सरकारले नछाड्ने भन्दै परिवारले न्याय जसरी पाउने आश्वासन दिलाएका थिए।

घरमा बसीरहेका जिसी दम्पत्तिको रातीको समयमा हत्या भएको थियो । विहान छिमेकीले मृत अवस्थामा घरभित्रै लडिरहेका थिए । हत्याको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । पिडित परिवारले न्याय पाउने गरी सुरक्षा निकायका सवै निकायबाट अनुसन्धानलाई प्रभावकारी बनाउन आफूले निर्देशन दिइसकेको मन्त्री गिरीले परिवारलाई बताएका छन् ।

मन्त्री गिरीले अपराधीलाई कारबाही नगरे देशमा यस्ता आपराधिक घटना अझै बढ्ने भन्दै छिट्टै अपराधीलाई सार्वजनिक गर्न सुक्ष्म अनुसन्धान भइरहेको बताए ।

हत्यारालाई खोज्नका लागि प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर समेतबाट समेत प्रहरीले अनुसन्धान गरीरहेको छ ।