वैवाहिक बलात्कारको आरोप लागेका न्यायधीश भुवन गिरीलाई थुनामा पठाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले वैवाहिक बलात्कारको आरोप लागेका न्यायधीश भुवन गिरीलाई थुनामा पठाउन आदेश दिएको छ ।

न्यायाधीशहरु हरि फूयाल र तिलप्रसाद श्रेष्ठको इजलासले जिल्ला अदालत र उच्च अदालतको आदेश बदर गरी गिरीलाई थुनामा पठाउन आदेश दिएको हो । जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले गिरीलाई धरौटीमा छाड्न आदेश दिएका थिए ।

न्यायाधीश गिरीकी पत्नीले आफूमाथि बलात्कार भएको भन्दै गिरीविरुद्ध जाहेरी दिएकी थिइन् । त्यसपछि प्रहरीले जिल्ला न्यायाधीश गिरीलाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयले वैवाहिक बलात्कारको मुद्दा चलाएपछि जिल्ला र उच्च अदालतले गिरीलाई धरौटीमा रिहा गरेका थिए । हाल गिरी भने निलम्बनमा छन्।

आज इजलासकै क्रममा आरतीले भने शंकास्पद वस्तु खाएपछि अहिले वीर अस्पतालमा भर्ना गरिएको छ।