Breaking News

सरकारले ९ जना सचिवको सरुवा : को कहाँ-कहाँ पुगे

काठमाडौं । सरकारले ९ जना सचिवको सरुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरुको सरुवा गर्ने निर्णय गरेअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सचिवहरूको सरुवा गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा जल तथा ऊर्जा आयोगमा पुगेका छन् भने आयोगका सचिव सरिता दवाडी ऊर्जा जलस्रोत तथ सिँचाइ मन्त्रालय पुगेका छन् । त्यस्तै गोपालप्रसाद सिग्देल ऊर्जाबाट भौतिक पूर्वाधार मन्त्रालय फर्किएका छन् ।

उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुग्दा वित्त आयोगका सचिव कृष्णबहादुर राउतलाई उद्योग, वाणिज्य तथा आपूति मन्त्रालयको उद्योग मामिलामा पठाइएको छ ।

त्यस्तै उद्योग सचिव मुकुन्द निरौलालाई उपराष्ट्रपति कार्यालय, मधेश प्रदेशका प्रमुख सचिव दिनेशकुमार घिमिरेलाई उद्योग, वाणिज्य तथा आपूति मन्त्रालयको वाणिज्य मामिला र बागमती प्रदेश प्रमुख सचिव घनश्याम उपाध्यायलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पठाइएको छ ।

यसैगरी वाणिज्य सचिव रहेका नारायणप्रसाद शर्मा दुवाडीसहित अन्य सचिवहरुको सरुवा भएपनि कुन–कुन निकाय र मन्त्रालयमा सरुवा भयो भन्ने खुल्न बाँकी छ ।