कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले पाउने

सुर्खेत । कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले पाएको छ । केन्द्रमा सत्तासमीकरण फेरबदलअनुसार प्रदेश सरकारहरुमा पनि केन्द्रअनुसार सत्ता समीकरण परिवर्तन हुने क्रम जारी छ । यसैक्रममा सत्तारुढ गठबन्धनको केन्द्रीय सहमति अनुसार पहिलो चरणमा कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेलाई दिने सहमति भएको बुझिएको छ।

तर, माओवादीभित्र कर्णालीको नेतृत्व पार्टीले नै पाउनुपर्ने आवाज उठ्दै आएपनि अन्ततः एमालेलाई नै दिनेगरी केन्द्रमा सहमति भएको छ । तर यो सहमतिले माओवादीभित्र असन्तुष्टि भने बढ्नसक्ने नेताहरु बताउँछन् ।

सहमतिअनुसार माओवादीले बागमती र लुम्बिनी प्रदेशको मुख्यमन्त्री पाउने भएको छ ।

यसैगरी एमालेले कर्णालीबाहेक कोशी, गण्डकीमा पनि सरकारको नेतृत्व गर्नेछ। मधेसमा जसपा र सुदूरपश्चिममा नागरिक उन्मुक्तिले नेतृत्व पाउनेगरी गठबन्धनमा निर्णय भएको छ ।