१३ वर्षीया नाबालिकालाई डर, त्रासमा पार्दै यौन क्रियाकपलामा लगाउने खाजाघर सञ्चालक पक्राउ

काठमाडौं । नाबालिकालाई यौन क्रियाकलापमा लगाएको आरोपमा एक खाजाघर सञ्चालक पक्राउ परेका छन् । उदयपुरको उदयपुरगढी गाउँपालिका–६ घर भइ काठमाडौं महानगरपालिका–१६ बालाजुमा ‘लाफा’ खाजाघर सञ्चालन गर्दै आएका २३ वर्षीय नवीनकुमार मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले खाजाघरबाटै आइतबार पक्राउ गरेको थियो । मगरले नाबालिकालाई डर, त्रास र प्रलोभनमा पारेर यौन क्रियाकलापमा लगाउने गरेको पाइएपछि पक्राउ गरिएको ब्यूरोका प्रवक्ता तथा एसपी ज्ञानेन्द्र फुयालले बताए ।

उनले १३ वर्षीया नाबालिकालाई गत फागुनदेखि डर, त्रासमा पार्दै यौन क्रियाकपलामा लगाउने गरेको प्रहरीको दाबी छ । पक्राउ परेका मगरविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिई अनुसन्धान अघि बढाइएको छ ।