लेखक तथा पत्रकार कलेन्द्र सेजुवालको ‘फल्स फ्रन्ट पेज’ पुस्तकको भब्य समारोहबीच बिमोचन

No description available.काठमाडौँ । लेखक तथा पत्रकार एवं नेपाल पत्रकार महासंघ केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवालको खोज तथा अनुसन्धानमूलक ‘फल्स फ्रन्ट पेज’ पुस्तक आज एक समारोहकाबीच बिमोचन गरिएको छ । काठमाडौस्थित नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय संचारग्राममा प्रेस फ्रिडम मिडिया प्रालिको आयोजकमा नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री एवं नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बिमोचन गरेका छन् ।

No description available.

पुस्तक विमोचन कार्यक्रमा उपप्रधानमन्त्री खड्कासहित नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षले एकैपटक पुस्तक खोलेर लोकापर्ण गरिएको कार्यक्रममा पत्रकारहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

बिमोचन कार्यक्रममा प्रमुख अतिथिको तर्फबाट पुस्तकमाथि शुभकामना दिने क्रममा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संविधान निर्माणताका प्रदेश संरचनाका बिषयमा तात्कालीन राजनीतिक नेतृत्वतहमा भएको रस्साकस्सी र आफुले राखेको अडानका बारेमा केही खुलासा गरेका थिए । सघीय प्रदेश संरचनामा देखिएको विवादले कर्णालीको बिरेन्द्रनगरमा भएको आन्दोलन र केन्द्रमा राजनीतिक दलबीच देखिएको खिचातानीका बीच हालकोे सात प्रदेश सरचना निर्माण भएको रोचक कुरा समेत बताउँदै उपप्रधानमन्त्री खड्काले सञ्चार क्षेत्रले स्वतन्त्र र निष्पक्ष भएर काम गर्नुपर्ने बताए । तर आफू अरु राजनीतिक दलका नेताहरु जस्तै मिडियामा लगानी नगरेको र त्यतातिर चासो पनि नभएको बताए । त्यसैले आजको सञ्चार क्षेत्र स्वतन्त्र र निष्पक्ष भएर पत्रकारिता गर्नुपर्ने बताए । यसै सवालमा कलेन्द्रजीले त्यही मिडियाहरुले कसरी कमजोरी गरिरहेका छन् र त्यसको असर कस्तो हुन्छ भनेर यो पुस्तकमा उल्लेख गरेकाले बधाई दिन चाहन्छु । साथै आगामी दिनमा यो पुस्तकको दोस्रोे र तेस्रो भाग समेत पढ्न पाऊ बाँकी कुरा त्यसबेला समेत भनौला कलेन्द्रजीको अझै प्रगतिको शुभकामना छ ।

पुस्तक बिमोचन कार्यक्रममा बोल्ने क्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिता क्षेत्रको व्यावसायिक अभ्यासमा रहेका कमजोरीलाई सुधार्न यो पुस्तक उपयोगी हुने र देश र समाजको ऐनाका रुपमा रहेको पत्रकारिताको धारलाई बदल्दै सकारात्मक दृष्टिकोणबाट पेसागत इमान्दारिता निर्वाह गर्नु आजको आवश्यकता रहेको बताउदै अध्यक्ष बस्नेतले पत्रकारिता गर्नु छ भने अध्ययन र खोजीनीतिको आवश्यकता रहेको छ । यदि त्यसो गर्न सकिएन भने पत्रकारिता गर्न छोड्नु नै उत्तम हुने बताए । कलेन्द्रजीको पत्रकारिता तिखो र खोजीनीति रहेकाले यस पुस्तकबाट समेत पत्रकारले सिक्नुपर्ने धेरै कुरा रहेकाले अध्ययन गर्नुपर्ने बताए ।

कार्यक्रममा पुस्तकको समिक्षा पछि बोल्ने क्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलले पत्रकारिता क्षेत्रका कमीकमजोरीलाई पुस्तकमार्फत सूक्ष्म ढंगले लेखन गरिएकाले पुस्तक पत्रकारिता क्षेत्रका विद्यार्थीका लागि उपयोगी सामग्री हुँदै समाजलाई सही ढङ्गले सुसूचित गर्न र समाजको दृष्टिकोण बदल्न सञ्चारमाध्यमले सत्यतथ्य सूचना सम्प्रेषण गर्न जरुरी भएको औँल्याए ।

कार्यक्रममा महासंघ पूर्वअध्यक्ष तथा राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले पत्रकारिता क्षेत्रका लागि पुस्तक निकै उपयोगी रहेकाले यो पुस्तक सबै पत्रकार साथिले अध्ययन गर्नु आवश्यक भएको बताए ।

प्रमुख अतिथि उपप्रधानमन्त्री खड्का भन्दा अगाडी बोलेका पत्रकार महासंघ पूर्वअध्यक्ष किशोर नेपालले ‘सोसल मिडिया’ का कारण आजको पत्रकारितामा चुनौती थपिएको, पत्रकार स्वयं कामप्रति सक्रिय नभएको भन्दै पत्रकारिताको व्यावसायिक मर्म र भावनालाई जीवित राख्न सबै जिम्मेबार भएर लाग्नुपर्ने बताए । कलेन्द्र सिजुवालको पुस्तक सबै पत्रकारका लागि उपयोगी हुने मैले देखेको छु । पुस्तक बिमोजन कार्यक्रममा बोल्ने क्रममा नेपालले, आजभोलि सोसल मिडिया र अन्य क्षेत्रमा राजनीतिक दलका नेता नै पत्रकारितामा हात हालेको र उनीहरुकै लगानीमा मिडिया आउस संचालन भएको टिप्पणी गरेका थिए ।

महासंघ पूर्वअध्यक्ष सुरेश आचार्यले पुस्तकमाथि बोल्ने क्रममा पत्रकारिता गरेका साथिहरुले सच्चिनका लागि यो पुस्तक प्रेरणादायी बन्ने बिचार राखे।

पत्रकार तथा संचारीका समूहकी अध्यक्ष निर्मला शर्माले पत्रकारिताका आधारभूत सिद्धान्त र उच्च व्यावसायिक अभ्यासमा देखिएका कमजोरी सुधार्न तथा यस क्षेत्रका अध्येताका लागि यो पुस्तक उपयोगी बन्ने बताइन ।

कार्यक्रमको अन्त्यमा बोल्दै जुम्लाबाट प्रतिनिधिसभा सांसद कान्तिका सेजुवालले यो पुस्तक ‘फल्स फ्रन्ट पेज’  सबै सञ्चारमाध्यमको समीक्षात्मक प्रतिवेदनको रुपमा बुझ्न सकिन्छ। पुस्तकले पत्रकारिता क्षेत्रमा देखिएका कमीकमजोरी सुधारेर गर्दै उच्च व्यावसायिक अभ्यासका निम्ति अझै मद्दत पुग्ने धारणा राखेकी थिइन ।

कर्णालीको बिकट जिल्ला कालिकोटमा जन्मेर हालको कर्णाली प्रदेश राजधानी बिरेन्द्रनगरमा उच्च शिक्षाका सिलसिलामा झरेपनि उनको लगाव पढाइका साथै पत्रकारितामा जोडिन पुग्यो । कयौं दुःख र कठिनाईलाई छिचोल्दै विगत दुई दशकदेखि मोफसल हुँदै केन्द्रीय तहसम्म पत्रकारितामा कुनै बिचलन र दुःख नमानी सक्रिय कलेन्द्र सेजुवालले आफ्नो पुस्तकमा पत्रकारिताको अभ्यासका क्रममा पत्रपत्रिकाहरुले गरेका कमजोरी र समाचार बिनाखोज र हचुवाका भरमा समाचार संप्रेषण भएको उल्लेख गरेका छन् ।

No description available.

साथै उनले संविभान निर्माण र संघीय संरचनाका सवालमा समेत तिखो यथार्थ चित्रण सहितका बिचार त्यतिबेला समाचारका रुपमा लेखिएको पुस्तकमा पढ्न सकिन्छ । सेजुवालले यस पुस्तकमा कुनै पनि संचार माध्यमका पहिलो पृष्ठमा हुने कमजोरीलाई औल्याउदै बिना खोजीनीति हेडलाइन बनाएर समाचार लेखिएको बारेमा समेत उठान गरिएको छ । पुस्तकमा लेखक सेजुवालले आफ्नो दुई दशक पत्रकारिताको दौरानको क्रममा भोगेका, लेखेका र देखेका तितामिठा विषयलाई सुक्ष्म ढङ्गले पुस्तकमा उठान गर्न खोजेका छन् ।