अनलाईन कक्षाको नाममा केही नीजि बिद्यालयहरुले शुल्क असुल्दै

८ जेठ, काठमाडौँ । कोराना लकडाउनले शैक्षिक संस्था बन्द भएको बेला अनलाइन कक्षा सुरु गरेका निजी विद्यालयहरुले अभिभावकबाट विभिन्न शीर्षकमा शुल्क असुल्न थालेका
छन् । भर्ना, मासिक, वार्षिक र इन्टरनेट शुल्कलगायत शीर्षकमा रकम बुझाउन स्कुल सञ्चालकहरुले अभिभावकलाई ताकेता गरेका हुन् ।

शिक्षा मन्त्रालयले गत चैतदेखि नै कुनै पनि शुल्क नलिन विद्यालयहरुलाई निर्देशन दिएको थियो । निजी विद्यालय सञ्चालकहरुले मन्त्रालयको निर्देशन उल्लंघन गर्दै शुल्क उठाउन थालेका हुन् । शुल्क लिन विद्यालय प्रशासनले इमेल, टेलिफोन र म्यासेज गरेको अभिभावकहरुले गुनासो गरेका छन् ।

दैनिक २ घण्टा अनलाइन कक्षा चलाउने स्कुलले साविकमा कक्षा सञ्चालन गरे सरह नै शुल्क मागेको छन् ।

कुनै तयारीबिना नै निजी शिक्षण संस्थाहरुले अनलाइन कक्षा सुरु गर्न तँछाडमछाड गरिरहेको पाइन्छ । कतिपय निजी विद्यालयले विद्यार्थी भर्ना र अनलाइन कक्षा सुरु गरिसकेका छन् । अभिभावकलाई समेत अनलाइन मिटिङमा डाकेर अनलाइन कक्षा सञ्चालन गर्ने र शुल्क बुझाउनुपर्ने भनिएको छ । तिनै स्कुलले अभिभावकसँग रकम उठाउन थालेका हुन् ।

शिक्षा मन्त्रालयले चैत महिनाको आवासीयबाहेक अन्य शुल्क मिनाहा गर्न निर्देशन दिएको थियो । कतिपय निजी विद्यालयले भने लकडाउनअघि नै चैत महिनाको शुल्क लिइसकेको अभिभावकहरु गुनासो गर्छन् ।

अनलाइन कक्षा सञ्चालन खर्च र वार्षिक शुल्क माग गरिएको छ,’ ‘अनलाइन कक्षामा सहभागी हुन ल्यापटप, कम्प्युटर नहुने विद्यार्थीले आइप्याड किन्नुपर्छ भनेका छन् । तोकिएको बैंक खातामा शुल्क जम्मा गर्न वा सामाजिक दूरी कायम गरेर विद्यालयमा नै उपस्थिति भएर रकम बुझाउन भनिएको उनले सुनाए । शिक्षा मन्त्रालयले कोरोना माहामारीका कारण शैक्षिक सत्र सुरु नभएकाले अनलाइन कक्षालाई मान्यता नदिने जनाएको छ । निजी विद्यालयले भने विद्यालय सञ्चालन खर्च, घरभाडा, शिक्षक तलब भन्दै रकम लिन थालेका हुन् ।

निजी विद्यालयले शुल्क मागेको उजुरी आउन थालेपछि विभागले सूचना जारी गरेर विद्यालयहरुलाई सचेत गराएको छ । शिक्षा मन्त्रायको परिपत्रअनुसार अनलाइन कक्षालाई मान्यता नदिन र कुनै पनि शुल्क नलिन विद्यालयहरुलाई आग्रह गरिएको कोइरालाले जनाए । ‘शुल्क लिए पहिलो चरणमा सचेत गराउँछौं, स्पष्टीकरण सोध्छौं, अटेरी गरे कारबाही हुन्छ ।

महानगरपालिकाका शिक्षा ऐनअनुसार नियमविपरीत शुल्क लिने विद्यालयलाई १ लाख २५ हजार रुपैयाँसम्म जरिवाना र लिएको रकम फिर्ता गर्नुपर्ने प्रावधान छ । शुल्क नमाग्ने केही स्कुलले पनि बिहानी सत्रमा ५र६ घण्टासम्म अनलाइन कक्षा चलाएर विद्यार्थीलाई मनोवैज्ञानिक दबाब दिने गरेको अभिभावकहरुको गुनासो छ ।

शिक्षा मन्त्रालयले गत वैशाख २२ मा विज्ञप्ति प्रकाशित गरेर विद्यालयहरुलाई विद्यार्थी भर्ना नगर्न निर्देशन दिएको थियो । कोरोना भाइरसको जोखिम कायमै रहेकाले भर्ना, परीक्षा, अनलाइन कक्षा र शुल्क लिनेलगायतका कुनै पनि शैक्षिक गतिविधि नगर्न सचेत गराइएको थियो ।