बृद्धाभत्ता लिन बैंकको लाइनमा बसेका एक बृद्धको मृत्यु

८ जेठ, धादिङ । आज धादिङमा बृद्धाभत्ता लिन लाईनमा बसेका एक जना बृद्धको निधन भएको छ । धादिङ गङ्गाजमुना गाउँपालिकाका एक वृद्ध सामाजिक सुरक्षा भत्ता लिन जाँदा बैंकको लाइनमै बेहोश भएर मृत्यु भएको छ ।

गङ्गाजमुना–४ ठकुरीडाँडाका दमको रोगी ८३ वर्षीय रामबहादुर गुरुङ वृद्धभत्ता झिक्न जाँदा फूलखर्कमा रहेको एसबीआई बैंकमा बेहोश भई ढलेका थिए ।

बैंकमा लाम बसेका वृद्धको उपचारका लागि लाँदै गर्दा मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य संयोजकले जानकारी दिएका छन् ।