झापा र रुपन्देही गरी ९ जनाको कोरोना भाइरस संक्रमित पृष्टि

८ जेठ, काठमाडौँ । कोरोना भाइरसका संक्रमित थपिने क्रमसँगै आज झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड (१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कचनाकवल गाउँपालिकाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहेका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षका छन् ।

यसैगरी रुपन्देहीका २७ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या ४५३ पुगेको छ ।

संक्रमितमध्ये ३ सय ८३ जना पुरुष र ७० जना महिला रहेका छन् ।