काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाल क्रिकेट संघ(क्यान)का पदाधिकारीसँग भेट गरेका छन् ।
उनले बिहीबार साँझ क्यानका अध्यक्ष चतुर बहादुर चन्द, सचिव पारस खड्का र नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेललगायतसँग भेट गरेका हुन् । क्यानले जयशंकरले नेपालको क्रिकेट विकाशमा सहयोग विस्तार गर्ने प्रतिबद्धता जनाएको उल्लेख गरेको छ ।
सन् २०२३ मा नेपालले भारतको सिनियर राष्ट्रिय टोलीसहित उमेर समूह र ए टीमसँग विभिन्न प्रतियोगितामा निरन्तर प्रतिस्पर्धा गरेको थियो । एसिया कपमा भारतसँगको प्रदर्शनले नेपाली टोलीले प्रशंसा पाएको थियो ।