च्याम्पियन्स लिगमा रियल मड्रिडले नापोलीलाई हरायो

च्याम्पियन्स लिगमा रियल मड्रिडले नापोलीलाई हराएको छ।

गएराति सान्टियागो बर्नब्युमा भएको खेलमा नापोली रियलसँग ४-२ गोलले स्तब्ध भएको हो।

रियलको जितमा रोद्रिगो, ज्युड बेलिंघम, निको पाज र जोसलुले एक/एक गोल गरे।

९ औं मिनेटमा नापोलीका जियोवानी शिमोनको गोललाई ११ औं मिनेटमा ‍रियलका रोद्रिगोले बराबरी बनाएका थिए।

त्यसपछि २२ औं मिनेटमा बेलिंघमले गोल गर्दै रियललाई पहिलो हाफमा २-१ को अवस्थामा पुर्‍याएका थिए।

दोस्रो हाफको ४७ औं मिनेटमा नापोलीका आन्द्रे फ्र्यांकले गोल गर्दै खेललाई बराबरीको अवस्थामा पुर्‍याए।

८४ औं मिनेटमा निको पाजले गोल गर्दै रियललाई पुनः अग्रता दिलाउँदै ३-२ को अवस्थामा पुर्‍याए। त्यसपछि इन्ज्युरी समयमा बेलिंघमको असिस्टमा जोसलुले गोल गर्दा रियल ४-२ ले विजयी बनेको हो।

जितसँगै समूह चरणको एक खेल अगावै रियल च्याम्पियन्स लिगको नक आउटमा प्रवेश गरेको छ। उ समूह चरणमा अहिलेसम्म अपराजित छ।