जाजरकोटको कुशे गाउँपालिकामा चिसोबाट एक बालिकाको मृत्यु

जाजरकोटको कुशे गाउँपालिकामा चिसोबाट एक बालिकाको मृत्यु भएको छ। कुशे–१ स्याँक्रीकी सुनील वादीकी तीन वर्षीया छोरी रक्षा वादीको चिसोले कठ्यांग्रिएर मृत्यु भएको हो।

चिसोका कारण उनलाई निमोनिया भएको थियो। निमोनियाले सिकिस्त बनेपछि उपचारका लागि छेडागाड नगरपालिकास्थित मटेलामा रहेको मेडिकलमा लैजाने क्रममा रक्षाको मृत्यु भएको बताइएको छ ।

गएको कात्तिक १७ गतेको भुइँचालोबाट घर चर्किएपछि सुनीलको परिवार त्रिपालमुनि बदै आएका थिए ।