Breaking News

मुलुकको राष्ट्रिय शक्ति एमालेलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको राष्ट्रिय शक्ति एमालेलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको दावी गरेका छन् । बुधबार बसेको सचिवालय बैकठमा अध्यक्ष ओलीले ब्रिफिङ गर्दै एमालेले राष्ट्रिय शक्तिको प्रतिनिधित्व गर्ने भएकाले घेराबन्दी भइरहेको बताएका हुन् ।

‘मुलुकमा राष्ट्रिय शक्तिलाई कमजोर गर्ने प्रयास विगतदेखि भइरहेका छन्’ बैठकमा सहभागी एक नेताले ओलीको भनाइ उद्धृत गर्दै भने, ‘एमालेले राष्ट्रिय शक्तिको प्रतिनिधित्व गर्छ । त्यसकारण घेराबन्दी, आक्रमण र यसलाई कमजोर गर्ने षड्यन्त्र केन्द्रित छन् । त्यसैले एमालेलाई बलियो बनाएर राष्ट्रिय शक्ति निर्माण गर्न लाग्नुपर्छ ।’

एमालेभन्दा बाहिर पनि राष्ट्रिय सोच राख्ने शक्तिहरुलाई क्रमशः गोलबद्ध गर्दै अगाडि बढ्नुपर्ने ओलीको भनाइ थियो । ‘देशको राष्ट्रियताको रक्षा, मुलुकको समृद्धि, राजनीतिक स्थिरता र जनताको जीवनमा परिवर्तन ल्याउन सकिन्छ’ पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भने, ‘राष्ट्रिय शक्ति कमजोर हुँदा यी सबै कुरा कमजोर भइरहेका छन् । एमालेमाथिको प्रहारलाई केबल एमालेमाथिको प्रहारको रुपमा मात्रै बुझ्नुहुन्न ।’

अध्यक्ष केपी शर्मा ओली