जाजरकोटको पैङ्क केन्द्रबिन्दु भएर ३.५ रेक्टर स्केलको भूकम्पको पराकम्प

काठमाडौं । हिजो बुधबार राति पनि जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको पैङ्क केन्द्रबिन्दु भएर हिजो राति ७ बजेर ५० मिनेट जाँदा ३.५ रेक्टर स्केलको भूकम्प गएको हो ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गत शुक्रबार राति गएको ६.४ रेक्टरस्केलको भूकम्पपछि त्यस क्षेत्रमा निरन्तर पराकम्प गइरहेको छ । उक्त भूकम्पमा परि १५३ जनाको मृत्यु भएको थियो ।

शुक्रबार गएको भूकम्पमा परेर १५३ जनाको मृत्यु भएको थियो भने तीन सय भन्दा धेरै घाइते भएका थिए।