१८ कात्तिक, काठमाडौं । जाजरकोट र रुकुमपश्चिममा हिजो राती गएको भूकम्पबाट क्षतिप्रति भारती प्रधानमन्त्री नरेन्द्र मोदीले दुख व्यक्त गरेका छन् ।
भारत नेपाली जनताको दुस्खको बेला साथमा रहेको बताउँदै हरसम्भव सहयोग गर्ने तयार रहेको बताएका छन् ।
प्रधानमन्त्री मोदीले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
जाजरकोटकोको बारेकोट केन्द्रविन्दु भएर शुक्रबार राति ६।४ म्याग्निच्युडको भूकम्प जाँदा १२८ बढीको मृत्यु भएको छ ।