लकडाउन बारेमा २ बजे उच्चस्तरीय समितिको र सांझ ५ बजे मन्त्रीपरिषद्को बैठक बस्दै

४ जेठ, काठमाडौं । कोरोना भाइरसका कारण गरिएको लकडाउन भोलि जेठ ५ गतेसम्मलाई मात्र रहेकाले यस बारेमा निर्णय गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आज बेलुका सांझ ५ बजे बोलाएका छन् ।

कोरोना भाइरसको संक्रमण बढेकाले लकडाउन थप्ने सरकारको तयारी भइरहेको समेत बुझिएको छ ।

यसअघि उच्च स्तरीय समन्वय समितिको वैठकमा लकडाउनको मोडालिटिबारे छलफल भएपनि लकडाउन थप्नुको विकल्प नरहेको बताएका थियो ।

आजै मन्त्रिपरिषद् बैठक बस्नुभन्दा पहिला साढे २ बजे उच्चस्तरीय समन्वय समितिको वैठक बोलाइएको छ ।
समितिको सुझावका आधारमा मन्त्रिपरिषदले अन्तिम निर्णय गर्नेछ ।

साढे २ बजे समन्वय समितिको बैठका सिंहदरबारमा र बालुवाटारमा ५ बजे मन्त्रिपरिषद् वैठक बस्न समय तय भएको उपप्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोखरेलका प्रेस संयोजक लोकेन्द्र केसीले बताएका छन् ।