काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (NIMB)ले देशको विभिन्न क्षेत्रहरुमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरुबाट QR Code मार्फत विभिन्न शिर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ ।
यो सुविधाले गर्दा यातायात व्यवस्था कार्यालयमा हुने नगद कारोबारमा कमि भइ सेवा ग्राहिहरुलाई लामो समय लाइनमा बसेर नगद ((खुद्रा) तिर्नुपर्ने झन्झटको अन्त्य भएकोे छ । QR Code प्रणालीवाट राजश्व संकलन गर्दा समयको वचत र पारदर्शी कारोवार हुनुका साथै नगदरहित कारोवारमा टेवा पुग्ने विश्वास बैंकले गरेको छ ।
हाल यो सुविधा यातायात व्यवस्था कार्यालयहरु विर्तामोड, जनकपुर, नेपालगञ्ज, सुर्खेत, इटहरी, हेटौँडा, सल्लाघारी, ठुलो भ¥याङ, सानो भ¥याङ, नारायणगढ, महेन्द्रनगर बाट सुचारु गरिएको बैंकका सूचना अधिकारी बिजेन्द्र सुवालले जानकारी दिए ।
NIMB ले २६० शाखा, २५७ एटीएम, ६३ एक्सटेन्सन काउन्टरहरु र १०७ शाखारहित बैंकिङ्क काउन्टरहरूबाट आफ्ना ग्राहक महानुभावहरूलाई सेवा दिइरहेको छ ।