१ कात्तिक, काठमाडौं । ह्यारी केनले दुई गोल गरेपछि इटलीमाथि पुनरागमन जित निकाल्दै इंग्ल्याण्ड युरोकप २०२४ का लागि छनोट भएको छ ।
लण्डनस्थित वेम्लीमा भएको खेलमा गियानलुका स्कामाक्काले १५औं मिनेटमा गोल गर्दै इटलीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, त्यो अग्रता लामो समय टिकेन । ३२औं मिनेटमा इंग्ल्याण्डका लागि केनले पेनाल्टीबाट बराबरी गोल फर्काए ।
केनले ७७औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्याण्डको जित पक्का गरे ।
माल्टालाई ३-१ ले पराजित गर्दै ७ खेलमा १३ अंक जोडेको युक्रेन दोस्रो स्थानमा छ ।
अर्को वर्ष जर्मनीमा हुने युरोका लागि अहिलेसम्म आयोजक जर्मनीसहित ९ राष्ट्र छनोट भइसकेका छन् ।