१४ असोज, पोखरा । हिजो बेलुका पर्वतको तमादीखोलामा अचानक आएको बाढीमा बगाएर बेपत्ता बनाएको जीप ३०० मिटर तल मोदी किनारमा फेला परेको छ । जीपसँगै बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव पनि भेटिएको छ । दुई जना अझै बेपत्ता छन् ।
बागलुङदेखि पोखराका लागि हिडेको ग१ज ६३१३ नम्बरको टाटा सुमो जीप बाढीले बगाएर बेपत्ता पारेको थियो । बेपत्तामध्ये बिहान उछिट्टिएको अवस्थामा एक जनाको शव फेला परेको थियो । फेला परेका व्यक्ति तिलोत्तमा नगरपालिका वडानम्बर ९ निवासी गोपालप्रसाद बस्याल रहेको बताइएको छ । उनीसँगै अरु दुई जनाको शव अझै फेला नपरेको प्रहरी स्रोतले बतायो । बेपत्ता२ जनाको खोजी कार्य समेत भइरहेको छ ।
प्राप्त जानकारी अनुसार गाडी रोक्न पछाडि पांग्रामा ढुंगाको आड लगाउँदा लगाउँदै बाढी आएपटि आफू भागेको तर ३ जनासहित जीपलाई भने बगाएकोे चालकले प्रहरी समक्ष बयान दिएका छन् ।
चालकमा अनुसा। गाडीलाई रोकेर यात्रु झार्ने तयारी गर्दा गर्दै माथिबाट एक्कासी रुख, ढुंगामुडा र माटोसहित आएको बाढीले जीप बगाएर बेपत्ता पारेको थियो । बिहान जीप ३०० मिटर तल टुक्रा टुक्रा परेको अवस्थामा भेटिएको थियो ।