Breaking News

प्रतिनिधिसभा बैठक बस्दै : शिक्षा विधेयक २०८० पेस गर्ने सम्भावित कार्यसूची

१४ असोज, काठमाडौँ । संघीय संसदको प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा विद्यालय शिक्षा विधेयक(२०८० पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालको विरोधको सूचना निर्णयार्थ प्रस्तुत भएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० पेस गर्नेछन् ।

विद्यालय शिक्षा विधेयक संसदमा दर्ता भएसँगै विवाद भएको थियो । शिक्षकहरू आन्दोलित भएपछि सरकारले वार्ता गरी उनीहरूका माग सम्बोधन गर्ने भएपछि विधेयक अघि बढाउन लागिएको हो ।

त्यसअघि बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची छ ।