१० असार, काठमाडौं । बुधबार सुन र चाँदीको मूल्य बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ५ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ ।
मंगलबार एक लाख १२ हजार २ सय रुपैयाँमा छापावाल र एक लाख ११ हजार ६५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।
यस्तै, १४ सय ६५ रुपैयाँमा चाँदीको खरिद बिक्रि भएको थियो ।