Breaking News

विश्व एक्वाटिक पौडी च्याम्पियनसिपमा नेपालका नासिर याहया हुसैनले नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौं । नेपालका नासिर याहया हुसैनले जापानमा भइरहेको विश्व एक्वाटिक पौडी च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

उनले फुकुओकामा पुरुष ४ सय मिटर फ्रि स्टाइलमा ४ मिनेट ८.२३ सेकेन्डका साथ राष्ट्रिय कीर्तिमान बनाएका हुन् । नासिरले आफ्नै नाममा यसअघि रहेको कीर्तिमानलाई सुधारेका हुन् । असारमा सातदोबाटोमा भएको एनएसए कपमा उनले यसअघि ४ मिनेट १२.१७ को राष्ट्रिय कीर्तिमान राखेका थिए ।

१७ वर्षे नासिर फुकुओकामा कुल ५५ सहभागी प्रतिस्पर्धीमा ४६ औं भएका थिए । अस्ट्रेलियाका १९ वर्षे सामुइल सर्टले ३ मिनेट ४०.६८ सेकेन्डका साथ स्वर्ण जितेका थिए । नासिरले आज सोमबार २ सय मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा गर्नेछन् भने गौरिका सिंहले १ सय मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्नेछिन् ।