Breaking News

आजको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी १ डलरको खरिद दर १३० रूपैयाँ ८८ पैसा र बिक्री दर १३१ रूपैयाँ ४८ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १४६ रूपैयाँ ६८ पैसा र बिक्री दर १४७ रूपैयाँ ३० पैसा कायम भएको
छ ।

उता, अस्ट्रेलियन डलर एकको खरिद दर ८९ ४ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.८७ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ७ पैसा र बिक्रीदर १०० रुपैयाँ १५ पैसा रहेको छ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ९ रुपैयाँ ४३ पैसामा कारोबार हुदाँ दक्षिण कोरीया वन १०० को खरिदमा १० रूपैयाँ ३ पैसा र बिक्रीदर १० रूपैयाँ ३५ पैसामा कारोबार हुनेछ ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९३ पैसा र बिक्री दर ३६ रूपैयाँ १० पैसामा कारोबार हुने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३४८९ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५ रुपैयाँ तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८.८१ रुपैयाँ तथा बिक्री दर २८.९४ रुपैयाँ कायम भएको छ । साथै, कुवेती दिनार १ को खरिदमूल्य ४२६.८३ पैसा विक्रीदर ४२८.७९ पैसा रहेको छ ।

त्यसैगरी भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।