Breaking News

सीता दाहालको मृत्युले पेरिसडाँडामा सन्नाट

२७ असार, काठमाडौं । आज एका बिहानै प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीताको निधन भएको छ । विगत केही वर्षदेखि बिरामी भए ओछ्यान परेकी सीता दाहाललाई विहान ८ बजे अचानक श्वासप्रश्वासमा समस्या आएपछि हतारहतार थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारर्थ ल्याएपनि ८ः३३ मा उनलाई डाक्टरले मृत घोषणा गरेका थिए । उनको मृत भएपछि बिहानैदेखि देशमा एक प्रकारको सन्नाटै छाएजस्तै भएको छ ।

सामाजिक संञ्जालमा सीता दाहालप्रति श्रद्धाञ्जली दिनेहरुको नगन्य संख्या देखिन्छ भने उनको पार्थिव शरीरलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिएको थियो । त्यहाँ श्रद्धाञ्जली दिनेहरुको अत्यन्तै मात्रामा भिड लागेको छ भने अहिले सीता दाहालको पार्थिक शरीरलाई पशुपति आर्यघाटमा अन्तिम संस्कारका लागि दिने तयारी पनि भइरहेको छ । यसै विषयमा केही निर्णय लिन मन्त्रीपरिषद्को आकस्मिक बैठक पनि सिंहदरबारमा बसीरहेको छ ।

पत्नी सीता दाहालकोे पार्थिव शरीरमा प्रधानमन्त्री प्रचण्डले पार्टीको झण्डा ओढाएपछि परिवारजन, आफन्त र नेता–कार्यकर्ता, आफन्त र शुभेच्छुकहरुले श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

पेरिस डाँडामा श्रद्धान्जली दिन नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, राप्रपा नेता पशूपति सम्शेर राणा, नेकपा क्रान्तिकारीका अध्यक्ष मोहन वैद्य किरण, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र नेतागण, माओवादीका सबै तहका नेतागण, पूर्वप्रधानन्यायाधिश तथा मन्त्रीपरिषद्का अध्यक्ष खिमलाल भट्टराई श्रद्धाञ्जली अर्पण गर्न पेरिसडाँडामा पुगेका थिए । ।

छोरीहरु रेणु, गंगा, बुहारी विनालगायत भावविह्वल अवस्थामा भक्कानिँदै रोइरहेको देखिन्थ्यो ।

६९ वर्षीय सीता दाहाल निधनको शोककमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायतका नेताहरु नर्भिक अस्पतालमै पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए ।

सीता दाहालका एक छोरा र तीन छोरीमा छोरा प्रकाश दाहाल र जेठी छोरीको निधन भइसकेको छ ।