Breaking News

सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु

काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा बैठक केहीबेर अघि सुरु भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पत्नी सीता दाहालको निधन भएपछि आवश्यक निर्णयको लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको हो ।