Breaking News

सीता दाहालको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने मन्त्रीपरिषद्को निर्णय

२७ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको आज बिहान निधन भएको छ । उनको पार्र्थिक शरीरलाई श्रद्धाञ्जलीका लागि पेरिस डाँडामा राखेर श्रद्धाञ्जली अर्पण गरेर अहिले पशुपति आर्यघाटमा लिने तयारी गरिररेको अवस्थामा भरखरै बसेको मन्त्रीपरिषद्को बैठकले सीता दाहालको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने निर्णय भएको छ ।

मन्त्रिपरिषद बैठकले दाहालको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

‘दिवंगत सीता दाहालको अन्त्येष्टिको समयमा राजकीय सम्मानस्वरुप नेपाली सेनाको दुई सेनामुख स्कर्टप्रति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने पनि निर्णय गरको छ ।

सीता दाहालको आज बिहान ८ः३३ बजे काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको थियो । उनको निधनपछि आकस्मिक रुपमा आज बसेको मन्त्रिपरिषद् बैठकले दाहालको निधनमा गहिरो दुख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ ।

356341241_3535492350073680_6453410884671401905_n