शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज देखि २५औं चरणका खेलहरु

२३ जेठ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग २०७९/८० अन्तर्गत आज देखि २५औं चरणका खेलहरु सुरु
हुँदैछ । आज चार खेल हुनेछन् ।

जसमा दशरथ रंगशालमा दुई तथा एन्फा कम्प्लेक्स र च्यासल रंगशालमा एक एक खेल हुनेछन् ।

दिउँसो तीन बजे दशरथ रंगशलमा शीर्ष स्थानको चर्च ब्वाइजले थ्री स्टार क्लबसँग खेल्नेछ ।

पहिलो पटक ए डिभिजन लिग खेलिरहेको चर्च ब्वाइज उपाधि नजिक छ र थ्री स्टारलाई आज पराजित गरेर एक खेल अगावै च्याम्पियन बन्नेछ ।

चर्च ब्वाइज ठूलो कीर्तिमानको नजिक छ । त्यसैले आजको खेल त्यसका लागि निर्णायक बन्न सक्छ । २४ खेलबाट ४४ अंक जोडेको चर्च ब्वाइजेल साविक विजेता मछिन्द्र क्लबमाथि पाँच अंकको अग्रता बनाएको छ ।

उता पूर्वविजेता थ्री स्टार २४ खेलबाट २८ अंकसहित १२औं स्थानमा छ र रेलिगेसनको चिन्तासमेत छ । १३औं स्थानको फ्रेण्ड्सभन्दा थ्री स्टार दुई अंङ्कले मात्र अघि छ । यस्तोमा थ्री स्टार पनि जित निकाल्ने योजनामा हुनेछ । हारेल भने थ्री स्टारलाई पनि रेलिगेसनको चिन्ता बढ्नेछ ।

आजै तीन बजे एन्फा कम्प्लेक्समा विभागीय डर्बीमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी एफसी भिड्नेछन् । लिगमा कमजोर सुरुवात गरेपनि विदेशी खेलाडीको आगमनपछि सानदार प्रदर्शन गर्दै चौथो स्थानसम्म उक्लेको छ । पुलिसले शीर्ष तीनमा लिग सकाउने लक्ष्यमा छ ।