म्यानचेस्टर सिटीले इंग्लिस एफए कपको उपाधि जित्यो

म्यानचेस्टर सिटीले इंग्लिस एफए कपको उपाधि जितेको छ। शनिबार भएको उपाधि भिडन्तमा शहरी प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडलाई २-१ गोलले पराजित गर्दै सिटी सिजनमा दोस्रो उपाधि च्याम्पियन बनेको हो।

यसअघि प्रिमियर लिगको उपाधि जितेको सिटीका लागि दुवै गोल गुन्डोआनले गरे। उनले खेलको १२ सेकेन्डमा नै गोल गरेर सिटीलाई सुरुवातमै अग्रता दिलाएका थिए। यो गोल एफए कप इतिहासकै छिटो गोल बन्यो।

५१ मिनेटमा उनले सिटी तथा व्यक्तिगत दोस्रो गोल गरे। दुवै गोलका लागि डे बुएनाले पास उपलब्ध गराएका थिए।

युनाइटेडका लागि ब्रुनो फर्नान्डेजले ३३ मिनेटमा पेनाल्टीमार्फत् बराबरी गोल गरेका थिए। ग्रेलिसले ह्यान्ड गरेपछि भिएआरमार्फत् युनाइटेडलाई पेनाल्टी दिइएको थियो।

सिटीले सातौं पटक एफए कपको उपाधि जितेको हो।

एफए कपको उपाधि सँगै सिटी ट्रेबल नजिक पुगेको छ। अब जुन १० मा युरोपियन च्याम्पियन्स लिगको फाइनलमा इन्टर मिलानलाई पराजित गरे सिटीले ट्रेबल जित्नेछ।

च्याम्पियन्स लिगको उपाधि जिते सिटी सन् १९९९ पछि ट्रेबल जित्ने पहिलो इंग्लिस क्लब हुनेछ। सन् १९९९ मा युनाइटेडले ट्रेबल जितेको थियो।