शेरबहादुर देउवाका छोरा जयवीरसिंह र कभर सिंगर शिवाना श्रेष्ठबीच औंठी साँठासाँठ

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह अहिले एकाएक चर्चामा छन् । इन्स्टाग्राममा उनी र एक युवती औंठी साटेर रोमान्टिक मुडमा बसिरहेको तस्वीर सार्वजनिक भएसँगै चर्चा उछालिएको हो ।

कभर सिंगर शिवाना श्रेष्ठ र जयवीरसिंहले औंठी साटेको तस्वीर शिवानीकी आमा प्रतिभा श्रेष्ठले इन्स्टाग्राम स्टोरीमार्फत सार्वजनिक गरेकी छन् । उनले लेखेकी छन्, ‘खुसी, विश्वासै गर्न सकिरहेको छैन …।’

पूर्वप्रधानमन्त्री देउवा तथा उनकी पत्नी समेत रहेकी कांग्रेस सांसद आरजु राणाले भने यसबारेमा कुनै प्रतिक्रिया दिएका छैनन् । निकट स्रोतका अनुसार केही साथीहरु र परिवारका थोरै सदस्य मात्रै बसेर औंठी साटासाट भएको हो । इन्गेजमेन्टकै छनक मिल्ने तस्वीर सेयर भए पनि औपचारिक समारोह भयो कि  भएन भन्ने केही खुलेको छैन ।

तस्वीरमा शिवानाको हातमा औंठी लगाएको देख्न सकिन्छ । डिनर भोजमा सबै जना उपस्थित भएर ‘क्याजुअल सेलिब्रेसन’ गरेको देखिएको छ । शिवानाको इन्स्टाग्राम टाइमलाइन हेर्दा यी दुईजना लामो समयदेखि ‘रिलेसनसिप’मा रहेको बुझ्न सकिन्छ भने शिवानाको परिवारसँग जयवीरको घनिष्टता पनि देखिन्छ । शिवानाले प्रिटीप्लिज नामक अनलाइन प्लेटफर्ममार्फत सौन्दर्य प्रसाधनको व्यवसाय सञ्चालन गर्दै आएको देखिन्छ ।

जयवीर र शिवानाले विदेश यात्राका क्रममा सेयर गरेका रोमान्टिक तस्वीरहरु पनि इन्स्टाग्राममा भेटिएका छन् । देउवा परिवार स्रोतका अनुसार केही दिनमा पारिवारिक इन्ग्जमेन्ट गर्ने तयारी भइरहेको छ ।

अनलाइनखबरबाट