नेकपा (एकीकृत समाजवादी) ले भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्ने

३ जेठ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्ने भएको छ।

माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न लागेको एकीकृत समाजवादीका प्रचार विभागले जानकारी दिएको छ।

त्यस्तै एकीकृत समाजवादीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आज प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदैछ ।

दिउँसो साढे एक बजे सिंहरबारस्थित मन्त्रालयमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र देशभरबाट जिल्ला प्रशान कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन लागेको खतिवडाले जानकारी दिए ।

एकीकृत समाजवादीनिकट भातृ संस्थाहरुले यसघि नै भ्रष्टाचारविरुद्ध प्रदर्शन गरिसकेका छन् ।