विश्व कम्युनिष्ट घोषणापत्र जारी भएको १ सय २ वर्षपछि र सोभियत संघमा अक्टोबर क्रान्ति सम्पन्न भएको ३२ वर्षपछि २००६ वैशाख १० गते ९२२ अप्रिल १९४९० का दिन पुष्पलालको नेतृत्वमा ‘नेपाल कम्युनिष्ट पार्टी’ स्थापना भएको थियो । जुन बेला चीनमा माओत्सेतुङको नेतृत्वमा जनवादी क्रान्ति अघि बढिरहेको थियो भने छिमेकी मुलुक भारत अंग्रेज उपनिवेशबाट मुक्त बनिसकेको थियो । त्यस्तै नेपाली जनता १ सय ४ वर्ष लामो जहानियाँ राणा शासनको अन्त्यका लागि निर्णायक लडाइँ लडिरहेका थिए ।
कम्युनिष्ट आन्दोलनको स्मरण गर्दा अनेकन् हन्डर–ठक्कर, आरोह–अवरोह, बाधा–व्यवधान, संघर्ष र चुनौतीको सामना गर्दै अघि बढेको देखिन्छ । कम्युनिष्ट आन्दोलन विचारका हिसाबले मात्रै नभएर नेतृत्वको दक्षिणपन्थ अवसरवादी प्रवृत्तिका कारणले पनि घेराबन्दीमा पर्दै आएको देखिन्छ । केशरजंग रायमाझी र केपी शर्मा ओलीजस्ता पात्रको जन्म कम्युनिष्ट आन्दोलनका लागि घातक सिद्ध भयो ।
विगतको निर्मम समीक्षा गर्दै आगतलाई सुन्दर बनाउनका निम्ति कम्युनिष्ट पार्टी स्थापनाको अवसरमा नेपालका कम्युनिष्टहरूले ठण्डा दिमागले सोच्नुपर्ने बेला आएको छ । व्यक्तिगत, दलगत र गुटगत स्वार्थलाई त्यागेर सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक रूपान्तरणको अभियानलाई तीव्र पार्न वैचारिक र सांगठनिक ध्रवीकरण प्राथमिकताको विषय बन्नुपर्छ ।
अबको कार्यभार
विसं १९९० को दशकदेखि सुरु भएको लोकतान्त्रिक आन्दोलनलाई घनिभूत पार्न र सार्थक रूप दिन नेपाली कम्युनिष्ट आन्दोलनको ठूलो भूमिका छ । एकात्मक राज्य व्यवस्थाको अन्त्य गर्दै मुलुकलाई संघीय गणतन्त्रात्मक संरचनामा ढाल्नका निम्ति हजारौँ सहिदहरूको बलिदानी र जनताको संघर्ष उत्तिकै महत्त्वपूर्ण छ ।
तथापि, माथि भनिएझैँ विगतका राम्रा वा नराम्रा पक्षमाथि निर्मम समीक्षा गरेर वर्तमान र भविष्यलाई सुन्दर बनाउनका निम्ति राजनीतिक दलका नेता, कार्यकर्ता र जनता दुवै पक्षको इमानदार प्रतिबद्धता, दृढ इच्छाशक्ति र संकल्प आजको आवश्यकता हो ।
समाजवाद स्थापनाको दशकका रूपमा स्थापित गर्न कम्युनिष्ट आन्दोलनको ध्रुवीकरण र रूपान्तरण पहिलो सर्त हो । त्यसका निम्ति नेतृत्व रूपान्तरण र पुस्तान्तरण दोस्रो सर्त हो । कम्युनिष्ट पार्टीभित्रको व्याप्त दलाल पुँजीवादी प्रवृत्ति, अवसरवाद, नातावाद, कृपावाद, चाकडीवाद, दम्भ र घमन्डजस्ता कुराहरू खारेज तेस्रो सर्त हो ।
मुलुक र समाजलाई थप उचाइमा लैजानका लागि नेताहरूले चाहेर मात्रै हुँदैन । राष्ट्र निर्माणमा आम जनताको सहभागिता पनि अपरिहार्य हुन्छ । वर्तमान संविधान कार्यान्वयन समाजवाद स्थापनाको पहिलो आधार हो । जुन संविधानको कार्यान्वयन गर्ने पहिलो शक्ति भनेकै कम्युनिष्टहरूको सत्ता हो ।
विडम्बना भन्नुपर्छ, यही बेला कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको छ । टुटफुटमा रमाउने र एक–अर्काको अस्तित्व स्विकार्न नसक्ने प्रवृत्तिका कारण आन्दोलन छिन्नभिन्न बनेको हो । समाज दलाल पुँजीवादबाट ग्रसित बन्दैछ । धनी झन् धनी र गरिब झन् गरिब बन्दै गएका छन् । यस्तो बेला सर्वहारा वर्गको उन्मुक्तिका लागि आन्दोलनको मैदानमा उभिएका असली कम्युनिष्टहरूले ठोस परिस्थितिको विश्लेषण गर्न सक्नुपर्छ । साना–तिना उल्झन र बाधामा अलमलिने छुट कम्युनिष्टहरूलाई छैन । चुनौतीहरूलाई छिचोल्दै अघि बढ्नुपर्ने आजको आवश्यकता हो ।
नयाँ आशाको किरण
जसले जे–सुकै भने पनि नेपाली समाज नयाँ आशाको यात्रामा अघि बढिरहेको छ । बरु क्रान्तिकारी राजनीतिक शक्तिहरूले जनताको उक्त आशालाई सम्बोधन गर्ने खालको अर्थनीति निर्माण गर्न सक्नुपर्छ ।
खासगरी ५० को दशक द्वन्द्वमा बित्यो । ६० को दशक द्वन्द्व व्यवस्थापनमा बित्यो । ७० को दशक केही प्राकृतिक विपत्ति, नाकाबन्दी, कोभिड–१९ जस्ता महामारीसँगै संविधान निर्माण र कार्यान्वयन ९प्रयास०को क्रममा बित्यो । अब ८० को दशकलाई विकास, समृद्धि र समाजवाद स्थापनाको दशकका रूपमा खर्चिनुपर्छ । आजको दिनमा नेपाली कम्युनिष्टहरूका सामुन्नेमा उभिएको अवसर र चुनौती नै यही हो ।
८० को दशकलाई विकास, समृद्धि र समाजवाद स्थापनाको दशकका रूपमा स्थापित गर्न कम्युनिष्ट आन्दोलनको ध्रुवीकरण र रूपान्तरण पहिलो सर्त हो । त्यसका निम्ति नेतृत्व रूपान्तरण र पुस्तान्तरण दोस्रो सर्त हो । कम्युनिष्ट पार्टीभित्र रहेको व्याप्त दलाल पुँजीवादी प्रवृत्ति, अवसरवाद, नातावाद, कृपावाद, चाकडीवाद, दम्भ र घमन्डजस्ता कुराहरू खारेज गर्नुपर्ने अर्को तेस्रो सर्त हो ।
त्यस्तै प्रतिगामी, परिवर्तन विरोधी तत्त्वहरूले जबरजस्त नेपाली समाजमा केही आपत्तिजनक भाष्य निमार्ण गर्न खोजिरहेका छन् । ‘देशमा केही छैन । देश नेताले बिगारे । देश नेताले लुटे ।’ भन्ने खालका भाष्यहरू खारेज गर्न
सक्नुपर्छ ।
समाज निर्माणको मार्क्सवादी खाका छ । जसअनुरूप मानिसले आफ्नो परिस्थितिको निर्माण आफैँ गर्छ । परिस्थितिसँगै मानवीय ज्ञान, चेतना र समाजको वस्तुगत अवस्था पनि परिवर्तन हुँदै जान्छ । मतलब पछिल्लो समय जसरी सुनियोजित रूपमा परिवर्तनलाई मास्ने खालका कामहरू भइरहेका छन्, जुन सुनियोजित छन् । गलत हल्लाहरूले समाजलाई निर्देशन गर्नबाट विचलित बनाउन सक्छन् । के सही हो रु के गलत हो रु त्यो जान्ने जिम्मा आम मानिसहरूको हो ।
विभिन्न चुनौतीकाबीच ७० को दशकमा मुलुकले सात प्रतिशतसम्म आर्थिक वृद्धि हासिल गरेको विगत साक्षी छ । ०७२ सालको भूकम्पले एकतिहाइ अर्थतन्त्र थिलथिलो पारेको थियो । संविधान निर्माणपछि भारतीय नाकाबन्दीले करिब एक वर्ष नेपाली अर्थतन्त्र संकटग्रस्त बन्यो । त्यसपछि कोभिड–१९ को महामारीले अर्थतन्त्रमाथि ठूलो नोक्सानी भयो । तर, पनि देश पुनः माथि उठ्यो । यसरी विभिन्न चुनौतीका बिचमा नेपाली अर्थतन्त्र उकालो लागेको सत्यलाई नजरअन्दाज गरेर जसरी केही अराजक मानिसहरूले हल्लाहरू, निराशाहरू बाँड्ने काम गरिरहेका छन् । जुन खारेज योग्य छन् ।
अन्त्यमा, लोकतन्त्र, गणतन्त्र, विकास, समृद्धि र समाजवाद स्थापनाका विरुद्ध सुरु गरिएका सुनियोजित निराशा, भ्रम र विरोधलाई निस्तेज पार्दै देशमा रोजगारी, उत्पादन र बजारीकरणलाई वैज्ञानिकीकरण गर्ने जिम्मा पनि कम्युनिष्टहरूकै
हो । समाजवादी अर्थनीति निर्माण गरेर समाजको आवश्यकता र औचित्यका आधारमा आफूलाई प्रस्तुति गर्न नसक्नु कम्युनिष्टहरूको मूल कमजोरी हो ।
फुटमा रमाउने दोस्रो कमजोरी हो भने विचार, सिद्धान्त, विधि र नीतिको घोर उल्लङ्घन गरेर व्यक्ति केन्द्रित बन्नु तेस्रो कमजोरी हो । यस्ता कार्यहरू सदाको लागि अन्त्य गर्न ढिलो गरिनु हुन्न । यस्ता गैरराजनीतिक क्रियाकलापहरूले पार्टी संगठनको जीवनमा गम्भीर हानी गर्नु सिवाय अरू केही गर्दैनन् ।
नेपालमा कम्युनिष्ट आन्दोलन कमजोर बन्दा केवल कम्युनिष्टहरू मात्रै कमजोर बन्दैनन् । यहाँको लोकतन्त्र, परिवर्तन, जनताको अवस्था र स्वतन्त्रता पनि कमजोर बन्छ । ८० को दशकलाई नयाँ आशावादको दशकका रूपमा लिनुपर्छ । खास गरी जनतामा आलोचनात्मक चेतको निर्माण भएको देखिन्छ ।
सार्वजनिक संस्थानमा पारदर्शिता, नेतृत्वको गलत कार्यप्रति विरोध, आर्थिक पारदर्शिता खोजेको देखिन्छ । यो लोकतन्त्रका निम्ति राम्रो कुरा हो । अब जनताले राष्ट्र निर्माणमा आफ्नो सहभागिता र आवश्यकताको पुष्टि गर्नुपर्छ । राजनीतिक नेतृत्व र जनता मिलेर ८० को दशकमा उत्पादनमा आत्मनिर्भर, रोजगारीमा आत्मनिर्भर बन्दै आफैँ कमाएर खाने देश बनाउने संकल्प गर्नुपर्छ ।
दृष्टिबाट