३ वैशाख, काठमाडौ । किलियन एमबाप्पे फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का लागि फ्रेन्च लिग वानमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।
लिग वानमा शनिबार लेन्सलाई ३-१ ले हराउँदा ३१औं मिनेटमा पहिलो गोल गरेका एमबाप्पेले उक्त कीर्तिमा बनाएका
हुन् । लिगमा १६९ खेल खेल्दै १३९ गोल गरेका उनले एडिनसकन कभानीको कीर्तिमान तोडे ।
लेन्सका लागि ६०औं मिनेटमा प्रेमाइस्ल फ्रांनकोस्कीले पेनाल्टीमा सान्त्वना गोल गरे ।