पुस १० गतेको सहमति अनुसार नै प्रचण्डले हाम्रो राष्ट्रपति उम्मेदवारलाई भोट हाल्नुपर्छ

अध्यक्ष – केपी शर्मा ओली

काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्र सहितको पुस १० गतेको सहमति तोडिदै काँग्रेससहितको नयाँ समिकरण राष्ट्रपति चुनावसम्म आईपुग्दा निर्माण भएपछि एमाले अयक्ष ओलीले पुस १० को सहमति अनुसार नै राष्ट्रपति चयन हुने विश्वास व्यक्त गरेका छन् ।

उनले संसदभवन बाट बाहिरिने क्रममा पत्रकारले सोधेको प्रश्नमा भने, आठ दलीय गठबन्धन नरेको र पुस १ण् को सहमतिबाट कोही भाग्न नसक्ने पनि बताए। अध्यक्ष ओलीले पूर्व सहमति अनुसार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमति अनुसार नै राष्ट्रपतिमा एमाले उम्मेदवार नेम्वाङलाई समर्थन गर्नेसमेत विश्वाससमेत व्यक्त गरे ।

‘हाम्रो उम्मेदवार दाउपेचको होइन, पुस १० गते नै टुङ्गो लागिसकेको हो, हामीले बाहिर नल्याएका मात्रै हौँ,’ ओलीले सञ्चारकर्मीसँग भने, ‘सहमति पूरा गर्नुहुन्छ भन्ने विश्वास लिएका छौँ, वचनबाट कोही पनि पछि हट्न सक्दैन, ।’

८ दलीय गठबन्धन नै नबनेको जनाउँदै ओलीले हिजो बेलुका प्रधानमन्त्री कार्यालयमा केही दललाई मात्र बोलाइएको मात्र टिप्पणी गरेका छन् । केही बिग्रिएको छैन, त्यो २५ गते थाहा पाउनुहुन्छ ।