काठमाडौँ । राष्ट्रपति निर्वाचनका लागि एमालेका तर्फबाट पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ र नेपाली कांग्रेस, माओवादी केन्द्र सहितको गठबन्धनबाट रामचन्द्र पौडेल चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
दलगत आधारमा मत हेर्दा राष्ट्रियसभामा नेपाली कांग्रेसका १० सांसद रहेका छन् जसअनुसार कांग्रेसको ७९० मत रहेको छ । एमालेका १८ सांसद छन् जसअन्तर्गत १४२२ मत रहेको छ ।
माओवादी केन्द्रका १५ सांसद छन् जसअन्तर्गत ११८५ सांसद रहेका छन् । नेकपा एकीकृत समाजवादीका ८ सांसद अर्थात ६३२ मत रहेको
छ । जनता समाजवादी पार्टीको ३ सांसद अर्थात २३७ मत रहेको छ । लोकतान्त्रिक समाजवादी पार्टीका १ सांसद अर्थात ७९ मत रहेको छ । जनमोर्चाका १ सांसद अर्थात ७९ मत रहेको छ भने मनोनीत सांसद ३ जना अर्थात २३७ मत गरी कूल ४ हजार ६६१ मत रहेको छ । राष्ट्रियसभामा मनोनित सांसदहरूमा वामदेव गौतम, विमला राई पौड्याल, नारायण दाहाल रहेका छन् ।
यो आधारमा राष्ट्रपतिको निर्वाचनमा बनेको गठबन्धन दल र मनोनीत सांसद नारायण दाहालको मतसमेत जोड्दा ३ हजार १६० हुन्छ । यस्तै एमालेमा स्वतन्त्र सांसद विमला राई पौड्यालको मत समेत जोड्दा १ हजार ५०१ हुन्छ । स्वतन्त्र सांसद वामदेव गौतमले भने कसलाई भोट दिन्छन् टुङ्गो छैन । राष्ट्रियसभाको मत भार पनि रामचन्द्रको पक्षमा धेरै देखिएको छ ।