ओलीले नेकपा एकीकृत समाजवादीलाई राजनीतिक पार्टी स्वीकारर्दै चिठी पठाए माधवले अस्वीकार गरे

काठमाडौँ । नेकपा एमाले र उसका अध्यक्ष तथा नेता कार्यकर्ताले अस्तिसम्म पनि नेकपा एकीकृत समाजवादीलाई राजनीतिक पार्टीको रुपमा स्वीकार गरेका थिएनन् । तर राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीको उम्मेदवारलाई सहयोग गर्न भन्दै एकाएक एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी र त्यसका अध्यक्ष माधवकुमार नेपालको नाममा सम्बोधन गर्दै चिठी पठाएर प्रस्ताव गरेका छन् । तर सो पार्टीले अस्वीकार ओलीको त्यो प्रस्तावलाई ठाडै इन्कार गरेको छ ।

तर ओलीको प्रस्तावले औपचारिक रुपमा राजनीतिक संवादको ढोका खोलिदिएको छ । ‘नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्षलाई सम्बोधन गरेर एमालेका राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङलाई मतदान गर्न अनुरोध पत्र लेख्नुभएको छ। राष्ट्रपति निर्वाचनको सन्दर्भमा समय निकै अगाडि बढिसकेको हुँदा एमालेको अनुरोधलाई स्वीकार गर्ने स्थिति नभएता पनि सकारात्मक सोचका साथ राजनीतिक संवादको वातावरण निरन्तर रहिरहेमा एजेन्डाअनुसार सहकार्यको वातावरण निर्माण हुन सक्दछ एकीकृत समाजवादीले भनेको छ ।