मेस्सीको निर्णाक गोलले पिएसजी विजयी

एजेन्सी । फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले टुलोजलाई २–१ गोल अन्तरले पराजित गरेको छ । यो जितसँगै पीएसजीले अंक तालिकाको शीर्ष स्थानमा आठ अंकको अग्रता बनाएको छ ।

सो क्रममा थप गोल आचफर हामिमीले गरे । टुलोजका लागि ब्रान्को भान डेकोले गोल गरेका थिए । ब्रान्को भान डेकोले खेलको २० औ मिनेटमा गोल गर्दै टुलोजलाई सुरूआती अग्रता दिलाएका थिए ।

तर खेलको ३८ औं मिनेटमा आचरफ हाकिमीको गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ५८ औं मिनेटमा मेसीले गोल गर्दै पिएसजीलाई अग्रता दिलाए । मेसीले २५ यार्डबाट गरेको उत्कृष्ट गोलनै निर्णयाक बन्दा पिएसजीले महत्वपूर्ण ३ अंक जोडेको छ ।

चोटका कारण केयलिन एम्बाप्पे र नेयमारलाई गुमाइरहेको पीएसजीका लागि मेसीले यस सिजन आफ्नो दसौं लिग गोल गरेका हुन्। उनले यो सिजन समग्रमा १५ गोल गरिसकेका छन् ।

यो जितले पीएसजीको २२ खेलबाट ५४ अंक भएको छ । दोस्रो स्थानमा रहेको मार्सेइलो २१ खेलबाट ४६ अंकसहित दोस्रो स्थानमा छ । तेस्रो स्थानको लेन्सले ४५ अंक जोडेको छ ।