कर्णाली प्रदेशका जिल्लाहरूमा पर्यटकीय स्थलहरु प्रशस्त रहेका छन् । ती पर्यटकीय स्थलहरुको संरक्षण, प्रवद्धन लागि स्थानीय सरकार लागि परेको छ । विशेषतः कर्णालीका हिमाली जिल्लाहरूमा देवीदेवतालाई मान्ने गरेको पाइन्छ ।
यस्तै, कालिकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नम्बर ९ भाततडीमा रहेको तिलागुफा पर्यटकको रुचाइमा पर्न थालेको छ । नगरपालिकामा गुफा मात्रै नभएर पर्यटकीय क्षेत्र देवीको मन्दिर पनि रहेका छन् । तिलागुफा नगरपालिको नामकरण नै तिलागुफाबाट राखिएको हो । गुफाको विकास गरी पर्यटन प्रवर्द्धन गरेर तिलागुफा नरगपालिकालाई चिनाउनका लागि गुफाको संरक्षण गर्नेका लागि रणनीतिक योजना बनाएर अगाडि बढेको तिलागुफा नगरपालिका उपप्रमुख महेन्द्र शाहीले जानकारी दिए ।
गुफा क्षेत्रमा पदयात्रा गर्नलाई बाटोको पनि निर्माण गरिएको शाहीले भने, ‘गुफा तिला नदि पारि छ ,त्यहाँ जाने बाटोमा मस्टा भुवानी र कालिकाको मन्दिर निर्माण गरिएको छ ।’ त्यस ठाउँमा देवीको वासस्थान रहेको त्यहाँका स्थानीयको भनाइ रहेको उनले बताए । त्यस ठाउँमा जैविक शक्ति रहको स्थानीय बत्ताउँछन् । यसबर्ष गएको बाढी पहिरोले गुफा आसपासको बाटोमा क्षति पुराएको हुँदा त्यसको निर्माणका लागि नगरपालिका लागि परेको छ ।
गत वर्ष पर्यटकीय क्षेत्र तिलागुफाको संरक्षणका लागि ०७५÷०७६ मा रेलिङ्ग सहितको बाटो निर्माण, गेट निमार्णका लागि १५ लाख रकममा बनाएको थियो । यस आर्थिक वर्षमा गुफाको संरक्षणका लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गरेर काम गर्दै आएको शाहीको भनाई छ । यस्तै, तिलागुफा नगरपालिकामा अर्को ऐतिहासिक मेलालले धेरै दर्शकहरूको रोजाइमा पर्न गएको छ । कालिकोटको तिलागुफामा सत्यदेवी गाल्जे ऐतिहासिक मेला १२ वर्षको एकपटक लाग्ने गरेको
छ । उक्त मेला माघ १५ गतेबाट सुरु भएर २३ गते सकिन्छ । नगरपालिकाले देवीको मन्दिर निर्माण गरेर पूजाआजा गर्दै आएको छ ।
त्यस मन्दिरमा पुजाआर्धना गरेपछि मनोकांक्षा पुरा हुने त्यहाँको जनविश्वास रहिआएको छ । सन्तानमा छोरा नभएपछि उक्त मन्दिरमा पूजा आराधना ग¥यो भने, सन्तानमा छोरा हुने त्यहाँका स्थानीयको जनविश्वास रहेको छ । देवीको पूजा गर्न आएका भक्तजनलाई एक, दुई दिन खान बस्नलाई दान दिने पनि चलन रहेको छ । उपप्रमुख शाहीका अनुसार नगरपालिकाको जुविथामा बाजेका भाइहरुको झगडा भएपछि दाइले आत्महत्या गरेर मृत्यु भएपछि, बजै सतिगएपछि अवतार हुँदा, ‘ती बजै जिउँदै भेटिएको हुँदा उनलाई देख्ने व्यक्तिसँग ‘म जिउँदै भएको कुरा कसैलाई नभन्नु’ भनिसकेपछि त्यहाँको स्थानीयले उनको मृत्यु भैसकेको जनविश्वास रहिआएको छ, त्यसपछि सतियुगुगबाट नै ती बजैलाई पूजा गर्दै आएको छौँ ।
उक्त मेलामा कर्णाली प्रदेशका मात्रै नभएर अन्य जिल्ला सहित ३६ जिल्लाका भक्तजनहरू आउने गरेको छन् । जसमा १० हजार भक्तजनहरू मेला र देवीको पूजाका लागि आउने अनुमान गरिएको बताए । नगरपालिकाले गाल्जे मेलालाई ऐतिहासिक धरोहरका रुपमा लिएको छ । यसको संरक्षण, प्रवर्द्धन र विकासका लागि नगरपालिकाले भरपुर सहयोग गर्ने छ ।
यस्तो छ सत्यदेवी गाल्जे ऐतिहासिक मेलाको इतिहास
शासन विभाजन र पुनः जन्म इतिहासको कालखण्डमा यस गाउँकोको शासन विभाजनमा करिब ११ पुस्ता पूर्व पद्य राजाका ४ छोरा थिए जसमा जेठा समुराजा, माइला रुदेराजा, साइँला सालिमे राजा र कान्छा सातलराजा थिए । यी चार भाइहरूमा माइला र साइला कान्छी आमाबाट र जेठा र कान्छा जेठी आमा बाट जन्मिएका थिए । चार भाइको यस गाउँमा शासन सञ्चालन गर्ने सन्दर्भमा सबै भाइको झुकाएको केन्द्रबिन्दु चांफासेरा भन्ने खेत नै थियो । यिनी चार भाइहरूको अंशबन्डा हुने क्रममा सो चाफासेरा भन्ने खेत कसको नाममा अंश हुने हो सो विषयमा विवाद केही समयसम्म कायमै राखियो ।
अन्त्यमा सो विषय टुङ्गो नलाग्दा आपसी झगडा भई कान्छो भाइ सातलराजा सिचाई गर्ने उद्देश्य कुर्मुलाको कुलामा कुलो ल्याउन गएको सन्दर्भ पारी सोही खेतमा गोरु जोत्न गएका जेठा भाइ समुराजालाई माइला र साइँला भाइले तार मछार गरी हलोको जुवाली माथिको डोरी काटिदिएको तथ्य यथावत् नै रहेको अवस्थामा पत्नी सुपधरा शाहीको उपदेश मान्दै सोही खेतमा आत्महत्या गरेको बुझिन्छ । यसै क्रममा पतिले आत्मा हत्या गरिसके पछि सुपधरा शाहीले एक्कासि ६ महिनाको छोरा राईबम्भ कान्छा देवर सातलराजाको जिम्बा लगाई आफू सती जाने निर्णय गरिन पतिको शव सँगै सती गएकी सुपधरा शाहीले शव दाह स्थलमा पतिको चितामा जलेर नष्ट भईनासोही पतिको पुण्य तिथिकै बेला पुनर्जन्म भई औतार लिएको हुनाले उनको नाम दैवी सत्यदेवी रहन गएको हो ।
औतार पछिको चमत्कार
दैवी समुराजाको विवाह दैलेख जिल्ला महावु गाँउपालिकाको बासी भन्ने ठाउँमा राजा रामकोटीकि सुपुत्री १८ वर्षीय सुपधरा शाहीसँग भएको हो । सुप धरा शाही दैलेख माईतिघर बाट पोईली घर आउँदा माइतीले दिएको दाइजो रातो घोडा माइती देवता महावै लाई छोडी जुबिधा आएकी थिइन् । उनको जुबिधा पोईली घरमा बसाइँको क्रममा २१ वर्षको उमेरमा गर्भवती छोरालाई जन्म दिइन । छोरा राईबम्भ ६ महिनाको हुँदा असारको महिना खेतीपातीको बेला थियो बिहीबारको दिन समुराजा र भाइ सातलराजा कुर्मुलाको कुलामा गएका थिए । कुलाबाट पानी ल्याई आउँदा साथमा निगालोको रौँ पनि काटेर ल्याएका थिए । माईला भाइ रुदे र सालिये राजाले लुटेर लगिदिए पछि आफू कालापहडाको घरमा आई निराश साथ पत्नी सुपदरा शाही सँग भलाकुशाली गरे ।
यसै सन्दर्भमा सुपदरा शाहीले भनिन् ‘भोलि तिमि दुपिढुङगा घाम आउने बेला दाखे दारिमे हलको गोरु लिई चाफासेरा जोत्न जाने, सो समयमा लडाई गर्न आए आफै कटारोले हानी आत्महत्या गर्नु भन्ने उपदेश पत्नीबाट पाएपछि समुराजाले भोलिपल्ट सोही कार्य गरी खेत पूर्व सियो हाली पश्चिम सियो हाल्दा रुदे र सालिमे गई जुवालीको काटी सकेपछि समुराजाले उक्त अन्याय सहन नसकी आत्म हत्या गरेका थिए । सुपदरा शाहीले पतिको हत्या भएको खबर पाए पछि देवर सातल राजाको जिम्बा ६ महिनाको छोरा राईबम्भ पालिदिनु गैरी खेत खानु भनी दाडु पनिऊ जिम्वा लगाई आफू मलामी सँगै साउदे र सालिम्या दमाईको इन्द्रसैनी बाझो सहित सति गएकी थिइन ।
सुपदराकी माइती घरमा फुपू नाता लाग्ने देवर सातलराजाकी पत्नी खिउरी शाहीसँग छोरा राईबम्भको पालनपोषणमा सघाउनु निकै फुपू भदै बिच भलाकुसारी भएको थियो । यसै समयमा ठिक दिउसो २ बजे सबै घरबाट निकाली दमाहा ढूङगामा चौदोला डेसिदा छोडी देवमाया ढुङ्गामा जान्दे भनी चाफा सेरा पुग्दा साउले र सालिमे दमाईले इन्द्रसैनी बाझो हान्दै रात प¥यो । त्यस पछि पुल्तिसल्ला बिहानमा पुग्दा चियो चिनी दाँया पट्टी समुराजा बाँया पट्टी सुप धरा शाही २२ वर्षको उमेरमा सला पसी चियोमा आगो लगाउने मानिस नै भएन । त्यति बेला जुम्ला जिल्ला गिरिखोला बाट कालु उपाध्याय कालिकोट मुग्राहाबाट हातमा मालु पात ल्याई महतरा र छाप्रेको भण्डारा सबै पुल्तिसल्लामा आइपुगे र उनीहरूलाई ठिन्के लाग्ना पारीमा सबै मेरा माइती हुन भनी सेज्ज्या खाने र रुखको वेद सुनको वर्ण भएको वेद तिमिले लिने भन्ने अर्ति लगाई सला पस्नु भयो ।
त्यस बेला उहाँले भन्नु भयो, ‘म सपुधरा सतिकि सति भए आफै आगोमा जल्नु भन्दा आफै आगो जलेर माथिको पिताम्बर उडाएर १.५ गडि माथी चुफिढुङगामा औतार होस । अन्तत सोही ठाऊमा औतार भएको थियो भोलिपल्ट सनिवारको दिन थियो बिहान माईधारामा सिलङगी घोटी चन्दन लगाऊने बेलामा साईला रुदेकी पत्नि पानी ल्याऊन जांदा देखादेख भयो र उनलाई सुपधराले पुनः जन्मलिएर आएकी छन् नभन्नु भनेकि छिन् तर उनले त्यो कुरा पचाउन नसकी बाचन गर्दा मुखबाट रगत निकालेर निजको प्रत्यु भयो । त्यस बेला उहाँले भन्नु भयो, ‘म सपुधरा सतीकी सती भए आफै आगोमा जल्नु भन्दा आफै आगो जलेर माथिको पीताम्बर उडाएर १.५ गडी माथि चुफिढुङगामा औतार होस । अन्ततः सोही ठाउँमा औतार भएको थियो भोलिपल्ट शनिवारको दिन थियो बिहान माईधारीमा सिलङगी घोटी चन्दन लगाउने बेलामा साइँला रुदेकी पत्नी पानी ल्याउन जादा देखादेख भयो र उनलाई सुपधराले पुनः जन्मिएर आएकी छन् नभन्नु भनेकी छिन् तर उनले त्यो कुरा पचाउन नसकी वाचन गर्दा मुखबाट रगत निकालेर निजको प्रत्यय भयो ।
त्यस पछि सुपधरा शाहीको पुनः औतार भयो भन्ने कुरा दुधेशिल्ला र खापर देवताले थाहा पाउँदा आफूभन्दा ठुली हुन पाउँदैन भनी इवी खोजी समुन्या मैवो खिचिदिन्छु चाफासेरा टाँगो हाल्दिन्छु भनी जबरजस्ती गर्दा सत्यदेवी नारायण देवताको शरणमा गई आफूलाई अन्याय परेको कुरा दर्साइन् । देवता नारायणले पनि निराग्लासँग जाऊ भनी बाटो लगायो र निरालाले पनि केही पिढुङगामा लुकायो त्यस पछि पुनः नारायण कहा पठायो र नारायण देवताले महावलै देवता सँग जाऊ भन्ने उपदेश दियो । यसै क्रममा उनी देवता महावलै कहाँ जाँदा पाद्मघाटमा झ्यागाडेले रोकिदिए जाने भए एकसरो धागोको साँघु बनाएर तरेर जाऊ भने पुनः सत्यदेवीले पुकार गरिन्, ‘यदि म सतीकी सत्य हुँ भने एक सरा धागोको साँघु तरी जान सकियो अन्त्यमा तरेर पनि गइन् । त्यसपछि महावेलै अर्ति दिए तिमि १२ तीर्थ घुमी १२ गुणा ढाली आइजाऊ तब मात्र अर्ति दिउँला भन्दा सत्यदेवीले १२ तीर्थ घुमी १२ गुणा ढाली महावलै कहाँ पुगिन् ।
त्यस पछि महावलै देवताले अर्ति दिए भोट विष्णुलामा सँग जाऊ, विष्णु लामा सँग जाँदा घोडामौले राक्षसले जाने भए टाँगा छिरेर जाऊ भन्दा टाँगा छिर्न नमानी ७ दिन ७ रात भोटे खाम गरी भाइको नाता लगाई बुढुमष्टाको बहान देवता फुटाशिल्लाले दांया हात समाती आफू समेत घोडा मौला काटी जाँदा अरू १२ भाइ मस्टा ९ दुर्गा भगवती त्यसै ढाँडमा गुप्तबाट भएको बेला सत्यदेवी त्यहाँ पुग्दा सोधपुछ हुँदा कहाँ बाट कसरी आयौ भनी उनीहरूले सोधेका थिए र सत्यदेवीले यथार्थ तथ्य सुनाएपछि उनीहरूले आफूलाई पनि निकालेर लैजाऊ भन्दा अव हामी १२ भाइका १३ भाइ र ९ दुर्गा बहिनीकी १० दुर्गा बहिनी भनी नाता जोडेर हातेमालो गरे । त्यस पछि लामा कहाँ पुगिन र लामाको गुफामा जाँदा लामाको भाषा बुझिनन् र लामाले फिर्ता पठाईदियो ।
फिर्ताहुदा फेरी धुरुधुरु रुँदै थार्पमष्टा देवता कहाँ पुगिन र पारी थार्प इंसिले ढुङ्गामा बसी सोधनी भयो र सत्यदेवीले भनिन् “म लाला कहाँ गएकी थिए उसको खाम नबुझी म फिर्ता भए त्यस पछि थार्पले भन्यो भोटे खाम म सिकाइदिन्छु । यसै क्रममा पारी थार्परी डंसिले ढुङ्गामा बसी १ रात खाम सिकाई पनः सत्यदेवी लामा कहा गइन। त्यस पछि लामा सँग भोटे खाम बोली बुझाउँदा मत्याहा गएर जगनाथ सँग नसकी मेरो खुट्टा भाँचिएर आएको हुँ । म सँग खापर मष्टा सँग लड्ने क्षमता छैन भन्दा फिर्ता भइन। फेरी पनः नारायण सँग उपदेश माग्न आइन र नारायणले भन्यो कि तिमि यदि सती कि सती छी भने बाजकोट कालाशिल्ला सँग जाऊ भन्दै त्यस पछि उनी बाजकोट जानै लाग्दा बिच बाटोमा ढडारमा नागे सर्प छ भन्दा डर नमानी घाँटीमा अँगालो हाल्छु भनी बाजकोट तर्फ गइन ।
त्यस ढणारमा पुग्दा बाजकोट बाट देवता कालाशिल्ला त्यही आइपुगी सत्यदेवी लाई भन्यो कि, तिमि लाई के पिर छ म सहयोग गर्न तयार छु भन्दा सत्यदेवीले भनिन् कि “म तपाई लाई ३२ जुबिधामा लिन आएको छु भन्दा तिमी जाऊ म पछि आउँछु भनी बाचा बन्धन राखी उनी फिर्ता हुँदा हुँदै देवता कालाशिल्ला आई छोटी खोला बसी देवता दुधेशिल्ला सँग मिली खापरको शक्तिलाई निरुत्साहित गरी चाफासेरामा सत्यदेवी स्थान कायम राखी जुबिधामा बजे सत्यदेवीको अस्तित्व कायम रहेको छ । यसै सिलसिलामा आम समुराजा र सातलराजाको सन्ततिहरूले गाल्जे साँघु लगाई ७ दिनको सदापत्र लगाई २२ गाई १ सडेको तर्पण गर्ने चलन हालसम्म कायम नै छ यसै सन्दर्भमा जेठा भाइ समुराजाका छोरा राईबम्भ बाट सबल्याराजा, बदल्याका सन्तति र कान्छा भाइ सालराजताका छोरा देवी अंगराजाका चार छोरा रतिमानराजा, गोर्बेराजा, मलैराजा र गिडीराजाका सन्ततिहरूबाट सत्यदेवी, समुराजा र अंगराजाको पुजाआरधना प्रत्येक वर्षको २ पटक साउन पूर्णिमा र माघ पूर्णिमा गरिन्छ । भने गाल्जेमेला सत्यदेवीको नाममा नयाँ काठको साँघु निर्माण पश्चात् माघ पूर्णिमाको पुर्वको समयमा पछेट्टा लगाउने प्रचलन विदितै रहेको छ ।