Breaking News

राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच तीन दिनका लागि युद्धविरामको घोषणा

एजेन्सी/ काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच तीन दिनका लागि युद्धविरामको घोषणा गरका छन् ।

यो युद्धविराम आजदेखि पर्सिसम्म रहने र यसमा दुई देश सहमत भएका ट्रम्पले बताए । युद्धविरामको अवधिमा दुई देशबीच हजार कैदी आदानप्रदान गरिने पनि उनले जानकारी दिए ।

ट्रम्पले ट्रुथ सोसलमा रुस–युक्रेनबीच अस्थायी युद्धविराम यो घोषणा गर्न पाउँदा खुसी लागेको उल्लेख गरेका छन् ।

आफ्नो अनुरोध स्वीकार गरेकामा ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीप्रति आभार व्यक्त गरेका छन्

यसबीचमा अमेरिका र इरानबीच भने हर्मुज जलमार्ग क्षेत्रमा तनाव बढेको छ । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम कायमै रहेको दाबी गरेका छन् ।