सभापति रवि लामिछानेका गतिविधिले पार्टीभित्र असन्तुष्टि – सत्ताबिना बस्न सक्दिनँ भन्ने मानसिकता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका गतिविधिले उनकै पार्टीभित्र असन्तुष्टि चुलिएको छ।

नागरिकता प्रकरणमा सांसद र मन्त्री पद गुमाएका लामिछानेले नागरिकता लिएलगत्तै फेरि मन्त्री हुन खोजेको आरोप उनलाई पार्टीभित्रैबाट आएको छ।

उनले उपप्रधानमन्त्री एवम् गृहमन्त्री, सांसद र पार्टी सभापति गुमाएका लामिछानेले नागरिकता लिएका छन्। नागरिकता लिएलगत्तै लामिछाने पार्टीको सभापति बनेका थिए।

त्यसपछि उनले आफ्नो गुमेको उपप्रधानमन्त्री तथा गृहमन्त्री पद खोजेका छन्। त्यसका लागि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु लाई दबाब दिएका छन्। त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीको साथ समेत लिइरहेका छन्।

प्रचण्डले भने लामिछानेलाई मन्त्री बनाउन चाहेका छैनन्। उनले सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ आउन पर्ने भन्दै आएका छन्।

लामिछानेको यही सक्रियतालाई पार्टीभित्र शंका गर्न थालिएको छ। रास्वपाका केन्द्रीय सदस्य गणेश कार्कीले पार्टी सभापतिका गतिविधिले पुराना पार्टीका गतिविधि बिर्साउने काम गरेको बताए।

सभापतिजीले आफ्नै लागि गृह मन्त्रालय माग्नुभएको भन्ने प्रष्ट त छैन। तर उहाँले पार्टीकै लागि माग्नुभएको हो भन्ने प्रष्ट हुन सकेको छैन । उहाँको गतिविधिले हामी अरूभन्दा फरक हुन सकेनौं भन्ने प्रश्न उठेको छ।

पार्टीमा यस विषयमा कुनै छलफल समेत नभएकाले थप आशंका गर्ने ठाउँ बढेको उनले बताए।

भागवन्डाको राजनीति गरिसकेपछि गृहमा हामीले दाबी गर्नु स्वाभाविक हो। तर मलाई नै चाहिन्छ भन्नु अस्वाभाविक हो, अहिलेसम्मका दौडधुपहरू आफ्नो लागि भन्दा पनि पार्टीका लागि गरेको भनेर सभापतिले आश्वस्त पार्न सक्नुपर्छ।

पार्टीका बैठकमा समेत लामिछानेले कसैको प्रश्न सुन्न चाहँदैनन् भन्ने आरोप लाग्दै आएको छ।

लामिछानेका गतिविधिले सांसदहरू समेत असन्तुष्ट बनेका छन्।

हामी त झन् चाँडो बिग्रिन्छौं जस्तो भइसकेको छ। उहाँले पार्टीभन्दा आफूलाई केन्द्रमा राख्नुभएको छ, एक सांसदले भने, उहाँले आफ्नो नैतिकताको पाटोलाई समेत ख्याल गर्नुभएन। सत्ताबिना बस्न सक्दिनँ भन्ने मानसिकता उहाँमा देखिएको छ।