प्रतिनिधिसभा सदस्य निर्वाचित सांसद प्रभु साहले आफूले नयाँ पार्टी गठन गर्ने तयारी गरिरहेको बताएका छन्।
नेपाली कांग्रेसबाट विद्रोह गरी सर्लाही क्षेत्र नं ४ बाट चुनाव जितेका अमेरशकुमार सिंहले पनि नयाँ पार्टी खोल्ने तयारीमा आफूहरू रहेको बताएका छन्। सिंहले प्रभु साहसँग मिले नयाँ पार्टी गठन गर्न लागेका छन् ।
रौतहट क्षेत्र नं २ बाट निर्वाचित किरण साहसमेत प्रभु साहनिकट हुन्।
प्रभु साहले एमालेले दिएको टिकट होल्ड गरेर स्वतन्त्र उम्मेदवारी दिएका हुन्। उनले सोही क्षेत्रबाट तीन पटक नेकपा (माओवादी केन्द्र) को तर्फबाट निर्वाचित भएका थिए। २०७७ फागुन २३ गते सर्वोच्च अदलातले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता भंग गरिदिएपछि साहले एमाले रोजेका थिए।