स्याङ्जा-२ मा धनराज गुरूङले ६ हजारको फराकिलो अग्रता

स्याङ्जा-२ मा नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले फराकिलो अग्रता कायम राखेका छन्।

जारी मतगणनामा गुरूङले ३० हजार ३ सय १३ मत ल्याएका छन् भने एमाले सचिव पद्मा अर्यालले २४ हजार २ सय ७५ मत ल्याएकी छन्।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरूङले ७ हजार ८ सय ६८ मत ल्याएका छन्।