जबस मोर्चाले आज १२ बजे निर्वाचन बहिस्कारको कार्यक्रम गर्दै

काठमाडौं। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन भोलि मंसिर ४ गते हुँदै छ । तर त्यसको खिलापमा तीन कम्युनिष्ट पार्टीले निर्वाचन घोषणा गरेदेखि बहिस्कारको कार्यक्रमसँगै विविध कार्यक्रम गरिरहेको छ । आजको बहिस्कार कार्यक्रम भोलिको निर्वाचनको लागि बहिस्कार कार्यक्रम नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध जबस मोर्चाको संयुक्त आयोजनामा गर्न लागेको जानकारी अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष शिलु न्यौपानेले बताउनु भएको छ ।

उनका अनुसार भोलिको निर्वाचन समग्र जनताको पक्षमा नभइ महँगी, लुट, हत्या, वेरोजगारी बढाउने भएकोले त्यसको विकल्प खोज्न निर्वाचन बहिष्कार कार्यक्रम गर्नु परेको बताइन । साथै यसै बहिस्कार कार्यक्रम बारे धारणा दिंदै अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले, दलाल शासकहरु सत्तामा पुग्न र टिकिरहनका लागि विदेशीको गुलामी बन्ने गरेको बताए।

गजुरेले भने, भोलि ४ गते हुने संसदीय निर्वाचनमा दलाल,तस्कर,भष्ट, ठेकेदार र माफिया उमेदवारहरुविरूद्ध आम जनसमुदायलाइ बहिष्कार गर्न आग्रह समेत गरेका छन्।

त्यस्तै संसदीय निर्वाचनले मुलुकलाई निकास होइन, थप द्वन्द्वमा धकेल्ने, शैक्षिक माफिया, राष्ट्रघाती र जनघातीहरुलाई अझ मजबुत पार्ने हुँदा सम्पूर्ण विद्यार्थी,शिक्षक,अभिभावक,युवा, किसान, मजदूर, महिलालगायत आम जनसमुदायलाई ४ गते हुने संसदीय निर्वाचनलाई सक्रिय बहिष्कार गर्न आग्रह गरे।

पार्टीको नीतिअनुसार नै आफूहरुले भोलीको निर्वाचन बहिष्कारको क्रममा आज १२ बजे निर्वाचन आयोग घेराउ गर्न लागिएको बताए।

उहाँले अब क्रान्तिकारी शक्तिले संसदीय व्यवस्थाको विरोध र भण्डाफोर मात्रै नभएर विकल्प पनि दिनुपर्ने र यो संसदीय व्यवस्थाको विकल्पमा संघीय जनगणतन्त्र स्थापना गर्नु पर्ने अध्यक्ष गजुरेलले बताए।

संसदवादी पार्टीका नेता कार्यकर्तालाई भोट दिनु भनेको चोरलाई चौतारो दिनुजस्तै भएकोले सम्पूर्ण आम जनसमुदायलाइ यो व्यवस्था विरुद्धको संघर्षमा आउन अपिल गर्दछु अध्यक्ष गजुरेलले भने।