Breaking News

निर्वाचान आयोग अगाडी बिरोधमा उत्रिएका अखिल (क्रान्तिकारी) अध्यक्षसहित नेता कार्यकर्ता पक्राउ

काठमाडौं। भोलि मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको बहिस्कारको निर्णय गरी निरन्तर बहिस्कार र अवज्ञा गर्दै आएको नेकपा (क्रान्तिकारी माओवादी) का जनवर्गीय संगठनले आज निर्वाचान आयोग कान्तिपथमा बिरोधसहित प्रदर्शन गरेका छन् ।

निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथमा कालो झण्डा देखाएर अखिल (क्रान्तिकारी) लगायत जनवर्गीय संगठनले भोलि हुने निर्वाचनको बिरोधमा प्रदर्शन गरेका हुन्।

अखिल (क्रान्तिकारी) की उपाध्यक्ष शिलु न्यौपानेले दिनुभएको जानकारी अनुसार आज दिउँसो १२ बजे आयोगमा कालो झन्डा सहित जम्मा भएर प्रदर्शन गर्ने क्रममा पार्टीका केन्दीय सदस्य तथा अखिल (क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेल, पार्टीका केन्द्रीय सदस्य बसन्त बोगटी, सुनिता बुढाथोकी, अर्जुन बोगटी ,युवराज थापा ,मनजिल बोगटी लगायतकालाई प्रहरीले पक्राउ गरिएको बताउनु भएको छ । उहाँका अनुसार प्रदर्शनको क्रममा पक्राउ गरिएका नेता कार्यकतालाई प्रहरी बृत्त दरबारमार्गमा राखिएको बताइन ।

उनले अगाडी भनिन्, बोल्न र बिरोध गर्न पाउने सबैको अधिकार हुन्छ र आज पार्टीको निर्देशन अनुसार पार्टीसम्बद्ध जनवर्गीय संगठनले निर्वाचन आयोग अगाडी गएर गरेको विरोध सहितको प्रदर्शनमा हाम्रा नेता तथा कार्यकतालाई गिरफ्तार गरिएको र पुलिस प्रशासनले पक्राउ नेता तथा कार्यकर्तालाई बिनासर्त रिहा गर्न आग्रह समेत गरेकी छिन् ।

बिनासर्त रिहा गर्न उपाध्यक्ष शिलु न्यौपानेको आग्रह