नेपाली कााँग्रेसको तर्फबाट मोरङ क्षेत्र नम्बर ३ (१) को प्रदेशसभाका उम्मेदवार तथा प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको मृत्यु भएको छ । विगत एक महिनादेखि निमोनियाबाबट ग्रसित थापाको अस्पतालमै उपचारको क्रममा निधन भएकोे हो । उनको निधन भएपछि निर्वाचन आयोगले नयाँ कार्यतालिका सार्वजनिक गर्दैछ । तर सो क्षेत्रको निर्वाचन भने निर्धारित समयमै निर्वाचन हुने जनाएको छ । आयोगले नयाँ उम्मेदवारी दर्ता गर्न नेपाली काँग्रेसलाई समय दिनेछ । उक्त समयमा काँग्रेसले नयाँ उम्मेदवारी दिने र अन्य दलका तर्फबाट यसअघि उम्मेदवार बनेकाहरुको कायम रहनेछन् ।
उक्त दफाको उपदफा ४ मा निर्वाचन कार्यक्रममा लेखिएबमोजिमको काम सम्पन्न गर्नुपर्ने अवधि पन्ध्र दिनभन्दा बढी भएमा पुनः अर्को कार्यक्रम प्रकाशन गर्नुपर्ने छैन । सोही कार्यक्रमको समयावधिभित्र मतदानको काममा बाधा नपुग्ने गरी उम्मेदवारको मनोनयन सम्बन्धी काम पूरा गर्नुपर्ने गरी निर्वाचन कार्यक्रम निर्धारण गर्नुपर्नेछ भन्ने उल्लेख छ ।
यस्तै उपदफा ५ मा उपदफा (१) बमोजिम निर्वाचन कार्यक्रम स्थति भएकोमा पहिलो मनोनयनपत्र पेश गरेको उम्मेदवारले पुनः मनोनयनपत्र दाखिला गर्नुपर्ने छैन र जुन दलको उम्मेदवारको मृत्यु भएको हो त्यस्तो दलको तर्फबाट मात्र पुनः उम्मेदवार मनोनयन गर्न सकिनेछ भन्ने उल्लेख छ ।