जार परिसूचक नेप्से १६.३९ अंक (०.८८ प्रतिशत) ले वृद्धि भएर १८७४.८७ अंकमा बन्द

१४ कात्तिक, काठमाडौं । तिहारपछिको पहिलो कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । तिहार र छठमा १ साता बन्द भएको सेयर बजार सोमबारदेखि खुलेको हो ।

सोमबार बजार परिसूचक नेप्से १६.३९ अंक (०.८८ प्रतिशत) ले वृद्धि भएर १८७४.८७ अंकमा बन्द भएको छ । ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने ‘सेन्सिटिभ इन्डेक्स’ ४.९३ अंकले वृद्धि भएर ३७०.८६ अंकमा बन्द भएको छ ।

नेप्सेसँगै विकास बैंक बाहेक सबै उपसूचकमा गिरावट भएको छ । प्रथम त्रैमासिक वित्तीय विवरणमा केही बैंकको नाफामा उल्लेख्य वृद्धि भएसँगै सेयर मूल्य पनि बढेको छ । जसले गर्दा बैंकिङ उपसूचक नै १.५२ प्रतिशतले बढेको छ । विकास बैंक उपसूचक भने ०.३९ प्रतिशतले गिरावट भएको छ ।

सोमबार बजार परिसूचक नेप्सेमा वृद्धि भएपनि कारोबार रकम भने खासै बढ्न सकेन । सोमबार नेप्सेमा २५ लाख ७४ हजार ९७५ कित्ता सेयर कारोबार हुँदा ६९ करोड ७३ लाख १८ हजारको कारोबार भएको छ । जसमध्ये एनआईसी एशिया बैंकको सर्वाधिक ६ करोड १७ लाख २१ हजारको कारोबार हुँदा एभरेष्ट बैंकको ४ करोड ३९ लाख १७ हजार र नबिल बैंकको ३ करोड ८० लाख २६ हजारको कारोबार भएको छ ।