Breaking News

सत्तारुढ दलमा प्रदेश र प्रतिनिधिसभाको सिट बाँडफाँट मिल्यो (सूचीसहित) ४ सिटमा मिलाउन बाँकी

२२ असोज, काठमाडौं । सत्ता गठबन्धनले हिजो राती अवेरसम्म सिट बाँडफाँड टुङ्गाएका छन् । महिनौं दिनको छलफल पछि उम्मेदवार मनोनयन गर्ने अघिल्लो दिन पारेर यस्तोे सहमति भएको हो । प्रदेश र प्रतिनिधिसभाको सिट बाँडफाँटलाई लगभग टुंगो लगाएका छन् । नेताहरुका अनुसार जनता समाजवादी पार्टी (जसपा) बाहिरिएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रवेश पाएको छ ।

र गठबन्धका एक नेताका अनुसार सत्ता गठबन्धनका दलहरु ८ सिट दिन सहमत भएका छन् । ४ सिटमा छलफल चलिरहेको छ । हालसम्म कांग्रेसले प्रतिनिधिसभाको ८४ सिट, माओवादीले ४७, एकीकृत समाजवादीले २० र राष्ट्रिय जनमोर्चाले २ सिट पाउने भएको छ ।